Category: समाज

  • गैरसरकारी संस्था महासंघ गोरखाको अध्यक्षमा हरि देवकोटा

    गोरखा, मंगलबार, २३ वैशाख २०८२ । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला कार्यसमिति गोरखाको अध्यक्षमा हरि देवकोटा चयन भएका छन् । महासंघको सोमबार सम्पन्न २२ औँ साधारण सभा तथा छैटौँ अधिवेशनले देवकोटाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।

    अधिबेशनले उपाध्यक्षमा बालकृष्ण लामिछाने, सचिवमा प्रमिला अधिकारी, सह-सचिवमा अनिता नेपाली, कोषाध्यक्षमा सुनिल न्यौपाने चयन गरेको छ । त्यस्तै सदस्यहरुमा राजु गुरुङ, साने गुरुङ, मिलनसिंह बस्नेत, प्रतिमा राना, गीतामाया श्रेष्ठ चयन भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।

    महासंघका गोरखा अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षता भएको अधिवेशन उद्घाटन कार्यक्रममा गैसस महासंघ नेपालका अध्यक्ष अर्जुन भटराईको प्रमुख अतिथ्यता रहेको थियो ।

    कार्यक्रममा समन्वय प्रमुख मोहन बहादुर थापा मगर, उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगर, उपप्रमुख मसली माया थोकर, केन्द्रिय महासचिव देवि खड्का, नेपाली काँगेसका सचिव किश्वर जंग थापा, नेकपा एमालेका सचिव काजिराम रोका, माओबादी केन्द्रका सचिव अकुर तिमिल्सीना, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल लगायतले मन्तव्य राखेका थिए ।

  • महाशिवरात्रीको अवसर पारेर रक्तदान सम्पन्न

    काठमाडौँ, मंगलबार, १३ फागुन २०८१ । नेपाल मानव धर्म सेवा समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा ८७ जनाले रक्तदान गरेका छन् ।

    हिन्दु धर्मावलम्बिहरुको महान चार्ड महाशिवरात्रीको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रम हिमाल व्लर्ड एशोशियसनसंगको सहकार्यमा सम्पन्न भएको थियो ।

    रक्तदान जीवन दान, आत्माज्ञान अति महान भन्ने नाराका साथ सम्पन्न रक्तदान कार्यक्रममा बोल्दै समितिकी केन्द्र प्रमुख महात्मा चमेली वाईजीले आपतकालिन अवस्थामा संस्था सधै रक्तदान गर्न तयार रहेको बताए । उनले भने, ‘रगतको अभाव अरु कुनै पनि कुराले पुरा गर्न सक्दैन । त्यसै खेर जाने रगत दिदा कसैको जीवन वचाउन सकिन्छ भने किन नदिने ?’ यस्तै, हिमाल हस्पिटलकी ल्याव टेक्नोलोजिष्ट निशा भण्डारीका अनुसार अरु संस्थामा भन्दा मानव धर्ममा भएको रक्तदान कार्यक्रममा उत्साहजनक सहभागिता रहेको बताए । उनले भनिन्, ‘अन्त संकलनका लागि जादा पुरुषको संख्या बढी हुने गरेको तर यहाँ भने महिलाहरु नै स्वः स्फुर्त रुपमा आएको देखेर खुसि लाग्छ ।’ भण्डारीका अनुसार समितिमा सबै शाकाहारी भएको र अल्कोहका कारण रिजेक्सन नभएका कारण पनि संकलन राम्रो हुने गरेको छ ।

    २० पटक रक्तदान गरिसकेका कुमार ओझाका अनुसार शुरुमा आफुले दिएको रगतले एउटी सुत्केरी महिलालाई बचाउन सकेको र उनले पाएको पुर्नजीवनले परिवारमा ल्याएको खुसीले आफूलाई सधैभरी रक्तदान गर्न प्रेरणा दिएको बताए । समितिले हरेक वर्ष विभिन्न अवसर पारेर रक्तदान कार्यक्रम गर्दै आइरहेको छ ।

  • ललितपुर महानगरपालिका १५ वडा कार्यालयद्वारा १५० ज्येष्ठ नागरिक सम्मानित

    ललितपुर, आइतबार, ११ फागुन २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाकी उप मेयर मन्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

    प्रमुख अतिथि उप मेयर मन्जली शाक्य बज्राचार्यले सम्मानित ज्येष्ठ नागरिक सधैभरि सम्मानित नै हुनुहुने भएकाले सम्मानित व्यक्तित्वलाई सधै सम्मान गर्नुपर्छ भन्ने संस्कार हामीले हाम्रो समाजमा दिनुपर्ने धारणा ब्यक्त गर्नु भयो । साथै, उहाँले जबसम्म ज्येष्ठ नागरिक हामी माझ रहनु हुन्छ तबसम्म हाम्रो संस्कार, संस्कृति, धर्मको रक्षा हुने बताउनु भयो । ज्येष्ठ नागरिकको जीवन सहज, सुरक्षित र सम्मानित हुने अवस्थाको सुनिश्चित गर्दै उनीहरूको योग्यता, अनुभव, ज्ञान र सीपलाई सामाजिक विकासमा उपयोग गर्नु जरुरी रहेको बताउनु भयो ।

    ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई गत माघ १६ र १७ गते गोरखाको मनकामना मन्दिर र तनहुँको देवघाटमा धार्मिक तिर्थ भ्रमण गरी फर्किएका जेष्ठ नागरिकलाई आज शनिबारका दिन राष्ट्रिय प्रकृति संरक्षण कोष सातदोबाटो, ललितपुरमा सम्मानित गरिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो ।

    समाजका सबै आदरणीय व्यक्तित्वसंग सहकार्य गर्दै सबैबाट साथ सहयोग रहेको स्मरण गर्दै वार्षिक रुपमा गर्दै आइरहेको ज्येष्ठ नागरिक सम्मान लाई निरन्तरता दिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो । साथै, उहाँले आज १ सय ५० जना ज्येष्ठ नागरिक लाई सम्मान गर्न पाउँदा हर्षित भएको र उहाँहरु आशिर्वादसहित सदैव समाजको लागि कार्य गने बताउनु भयो ।

    उक्त सम्मानित कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १५ का वडा सदस्य वैकुण्ठ राउत, अनुप धिमिरे, निशा परियार, वसा सचिव सरन श्रेष्ठ लगायत अन्य अतिथि महानुभावको उपस्थिति रहेको थियो ।

  • ललितपुर महानगरपालिका १५ वडा कार्यालयले जेष्ठ नागरिक सम्मान गर्ने

    ललितपुर, शुक्रबार, ९ फागुन २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ ।

    ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई गत माघ १६ र १७ गते गोरखाको मनकामना मन्दिर र तनहुँको देवघाटमा धार्मिक तिर्थ भ्रमण गरी फर्किएका जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो ।

    साथै, उहाँले फागुन १० गते शनिबारका दिन बिहान ११ बजे रास्ट्रिय प्रकृति संरक्षण कोषमा कार्यक्रम राखिएको हुदा समयमा उपस्थित हुन आग्रह गर्नुभयो ।

  • नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

    काठमाडौँ, शनिबार, २५ माघ २०८१ । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।

    स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवम् मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा. लिली थापाले सो विषय प्रवेश गराउनुभएको हो ।

    उहाँले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पुर्‍याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गर्नुभयो ।

    आयोगकी सदस्य डा. थापाले नेपालमा महिला अधिकारको प्रवर्द्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

    आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै जटिलता रहेको जनाउँदै विधवा महिलाको सामाजिक न्यायको संवैधानिक हक प्राप्तिमा चुनौती रहेको र एकल महिला सुरक्षाकोष स्थानीयकरण तथा कार्यान्वयन हुन नसकेकाले अधिकांश एकल महिला सुरक्षाकोषबाट सहयोग लिन वञ्चित भएको विषयवस्तु उजागर गरी विश्व समुदायको ध्यानाकर्षण गरको उहाँले जानकारी दिनुभयो ।

    यसैगरी, एकल महिला सुरक्षाकोषको यथाशीघ्र कार्यान्वयनका लागि राज्य गम्भीर हुनुपर्ने विषय बैठकसहित मुलुकका विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्गलगायतका क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेद अन्त्यका लागि व्यवस्था गरिएका संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने मुद्दा उठाइको उहाँले बताउनभयो ।

    एकल महिला समूहले करिब तीन दशकदेखि नेपालमा एकल महिलाको हकअधिकार, न्याय, सहभागिता अभिवृद्धि, लैङ्गिक समानता, मानवअधिकार, शान्ति तथा न्याय र मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • ललितपुर महानगर १५ वडाद्वारा जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम आयोजना

    ललितपुर, बिहिबार, १० माघ २०८१ । ललितपुर महानगरपालिका वडा नं १५ वडा कार्यालयले जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

    मनकामना मन्दिर गोरखा जिल्ला शहिद लखन गाउँपालिकामा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थानको रुपमा परिचित रहेको छ ।

    ललितपुर महानगरपालिका वडा नं १५ मा स्थायी रुपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका जेष्ठ नागरिक धार्मिक तिर्थ भ्रमण तथा सम्मान कार्यक्रम राखिएको वडा अध्यक्ष सुरेश बहादुर शाहीले बताउनु भयो । मनकामना माइको दर्शन गर्न जाने इच्छुक स्वस्थ जेष्ठ नागरिकले नेपाली नागरिकताको फोटोकपी सहित आगामी माघ १४ गते सम्म वडा कार्यालय सातदोबाटो ललितपुरमा आफ्नो नाम दर्ता गराउन अनुरोध गर्नुभयो । साथै, उहाँले माघ १६ गते बिहान ७ बजे मनकामना मन्दिर दर्शन गर्नका लागि प्रस्थान गरिने बताउनु भयो ।

    मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले मन्दिरको नाम मनकामना रहन गएको जनविश्वास छ ।

    जनविश्वासका कारण मानिसहरु भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउने गर्छन् ।

  • मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म छैन : राष्ट्रपति

    काठमाडौँ, आइतबार, १२ पौष २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठुलो अरू कुनै धर्म नभएको बताउनुभएको छ। मानवसेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मावन सेवा जस्तो सत्कार्यले मानव जीवनलाई सार्थक बनाउने भएकाले यसलाई हाम्रो जीवन पद्धतिका रूपमा अपनाउनुपर्ने बताउनुभयो।

    मानवता र नैतिकतामा सङ्कुचन देखिँदै गरेको अहिलेको हाम्रो समाजलाई सही बाटोमा हिँडाउन मानव सेवाले प्रेरित गर्ने उहाँले स्पष्ट पार्नुभयो।

    राष्ट्रपति पौडेलले मानव सेवा आश्रमले आफ्नो स्थापना कालदेखि नै “जसका कोही हुँदैनन् र जसको कोही हुँदैन उनैको सेवामा समर्पित हुने” मानवता प्रवर्ध्दन महाअभियानमार्फत सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापनसहित औषधोपचार, पालनपोषण र जीवन रक्षाका लागि देखाएको सक्रियता सबैका लागि प्रेरणादायी भएको बताउनुभयो।

    आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मार्फत नेपाल सरकारले लिएको सडक मानवको उद्धार, संरक्षण र पुनःस्थापनामा संलग्न सङ्घसंस्थासँग समन्वय र सहकार्य गरी २०८२ सम्ममा नेपाललाई सडक मानवमुक्त बनाइने नीतिलाई मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा तथा कार्यान्वयन गर्ने प्रतिबद्धतासहित आफ्ना गतिविधि केन्द्रित गरेर कार्यान्वयनमा सहयोगी बनेको राष्ट्रपति पौडेलको भनाइ थियो।

  • एन्फामा सिस्नेरी घटनाका पीडित परिवारको धर्ना

    काठमाडौँ, शुक्रबार, ७ मङ्सिर २०८१ । सिस्नेरी घटनाका पीडित परिवारले न्यायको माग गर्दै बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा धर्ना दिएका छन् । गत असोज ११ गते देशभर भएको अविरल वर्षका कारण एन्फाले मकवानपुरस्थित सिस्नेरीमा सञ्चालन गरेको एकेडेमीबाट सुरक्षित स्थानमा सर्ने क्रममा आएको पहिरोमा परी ६ जना बालकले ज्यान गुमाएका थिए ।

    घटनामा परी प्रियान्स आचार्य, अनुपम घलान, विकल रेग्मी, साइमन योञ्जन, आदित्य बलम्पाखी र विवश बानियाँको मृत्यु भएको थियो । सिस्नेरीको घटना फगत प्राकृतिक प्रकोपमात्र थिएन । त्यहाँ एकेडेमीमा थुप्रै लापरबाही भएको र त्यही लापरबाहीका कारण ६ अबोध बालकले ज्यान गुमाउनुपरेको विश्लेषणहरू पनि आइरहेका थिए ।

    संघीय संसद् चलेको थिएन । तथापि समितिमार्फत् यो घटनामाथिको छलफल संसद्सम्म पुग्यो । आफ्ना अबोध सन्तानले अनाहकमा ज्यान गुमाउनुपरेको विषयले संसदीय छलफलमै प्रवेश पाएपछि अभिभावकलाई सन्तान गुमाए पनि कम्तीमा न्याय पाउने आशा थियो । यही आशा बोकेर प्रहरी, एन्फा, राष्ट्रिय खेलकुद परिषद्, युवा तथा खेलकुद मन्त्री हुँदै प्रधानमन्त्रीसम्म न्यायको भिख माग्दै धाउनमै अभिभावकहरूले झण्डै दुई महिनाको समय खर्चिए ।

    यसअघि अभिभावकले अब नबोली न्याय नपाउने ठहर गर्दै मंगलबार पत्रकार सम्मेलन गरेका थिए । जहाँ सिस्नेरी घटनामा ज्यान गुमाएका सबै ६ खेलाडीका अभिभावक थिए । बारम्बार न्यायको माग गर्दा पनि सुनुवाइ नभएपछि उनीहरूले एन्फा मुख्यालयमा धर्ना दिएका हुन् । धर्नाका क्रममा सातदोबाटोको माहोल केही तनावपूर्ण बनेको थियो ।

    धर्नाका क्रममा प्रहरीले हस्तक्षेप गर्दा केहीबेर धकेलाधकेल भएको थियो । केही अभिभावकलाई प्रहरीले लछारपछारसमेत गरेका थिए । पीडितहरू भित्र पस्न खोज्दा प्रहरीले गेटमा रोकेका थिए । एन्फाले पीडित परिवारलाई आठ लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । तर, पीडितहरूले आर्थिक सहायताभन्दा पनि घटनाको यथार्थ बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने बताइरहेका छन् ।

    एन्फाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-३ स्थित वत्सला माविमा ४० जना बालकहरूलाई फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखेको थियो । दुई महिनाअगाडि देशभर बाढीपहिरो आउँदा कुलेखानीको बाँध फुट्न सक्ने भन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । तर, बाटोमा उनीहरूलाई पहिरोले पुरेको थियो ।

    यसैबीच खेलाडीका परिवारले बिहीबार एन्फा मुख्यालयमा ताला लगाएका थिए । तर, एन्फा पदाधिकारीबाट कुनै पनि प्रतिक्रिया नआएपछि उनीहरूले करिब तीन घण्टापछि ताला खोलेका थिए ।

  • आज लक्ष्मीपूजा, देवकोटा जयन्ती

    काठमाडौँ, बिहिबार, १५ कात्तिक २०८१ । नेपालीहरूको मौलिक पर्व तिहारअन्तर्गत आज (बिहीबार) लक्ष्मीपूजा । आजको दिन घर-घरमा धनधान्यकी देवी माता लक्ष्मीको पूजा अर्चना गर्ने गरिन्छ । यस्तै, साँझमा विभिन्न रंगहरू प्रयोग गर्दै आँगनीमा विभिन्न आकारप्रकारका रंगोली बनाउने चलन पनि रही आएको छ ।

    आजको दिनमा राति लक्ष्मी भगवान् पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडिको तुलसी मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाइला रूपी रंगीन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यिनै पाइलाका छापअनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास रही आएको छ । घरआँगन सबैतिर आज साँझ दीप बाल्ने चलन छ ।

    यस्तै, आज कुकुर तिहार पनि परेको छ । यसैदिन नरक चतुर्दशी अर्थात् बिहान झिसमिसेमै तेल लगाएर स्नान गरी नरक बालेर बगाइन्छ । आजको दिनलाई सुखरात्रि पनि भनिन्छ, लक्ष्मी पूजालाई सुखरात्रिले पनि सम्बोधन गर्ने चलन छ । आँगनमा लक्ष्मी माताको पाइलाहरू, बत्तीको झकिझकाउ अनि भैलेहरूको पदचापहरू, सुखरात्रि वर्षभरिकै सबैभन्दा उज्यालो अनि हर्कको दिनमध्ये एक हो ।

    आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती । नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मी पूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा काठमाडौंको डिल्ली बजारमा जन्म भएको थियो । स्वदेश र विदेशमा विभिन्न साहित्यिक कार्यक्रममार्फत उहाँको सम्झना गरिँदै छ ।

    नेपाली साहित्य अनि वाङ्मयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । उहाँका अमर कृतिहरूः मुनामदन, कुञ्जिनी, शकुन्तला लगायतका कृति छन् । वि.सं २०१६ सालमा उहाँ यो संसारबाट बिदा हुनुभएको थियो । सानै उमेरदेखि कविता लेख्न थाल्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा उहाँ स्वच्छन्दतावादी-प्रगतिवादी धाराका प्रवर्तक पनि हुनुहुन्छ । देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उहाँमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल सांकृृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशंकरप्रसाद र सूर्यकान्त निरालाको संयुक्त रूपसँग तुलना गर्नुभएको थियो । नाट्यसम्राट् बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताउनुभएको थियो ।

    २०१६ सालमा आफू शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु-गराउनु र वर्तमान नेपाल प्रज्ञा-प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाका अविस्मरणीय देन हुन् ।

    यस वर्ष कात्तिक १३ गते मंगलबार धन त्रयोदशी व्रत (धनतेरस) र १४ गते बुधबार काग तिहार र धनवन्तरी जयन्ती रहेको थियो । १५ गते आज (बिहीबार) लक्ष्मीपूजा/महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती, नरक चतुर्दशी, सुखरात्रि र कुकुर तिहार रहेको छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । त्यसदिन भने तिहारको कुनै पर्व नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवद्र्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यस वर्षको भाइटीका भने कात्तिक १८ गते आइतबार परेको छ । भाइटीकाको शुभसाइत आइतबार बिहान ११ः३७ बजे रहेको छ ।

    फूलैफूल, रङ, उमंग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनी बीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रूपमा लिइन्छ । टाढा भएका दिदीभाइ, दाजु बहिनीलाई नजिक बनाउने, उनीहरू बीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमंगका साथ भाइटीका मनाइन्छ ।

  • गण्डकीका मुख्यमन्त्री पाण्डेको कहाँ र कति छ सम्पत्ति

    गोरखा, बुधबार, १४ कार्तिक २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सम्पति विवरणअनुसार उनको गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको देखिएको छ ।

    आफैंले तोकेको समयसीमा कटेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुले बल्ल सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषदका सदस्यले नियुक्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नेपर्ने गरी आचारसंहिता जारी गरेको थियो ।

    पछिल्लो पटक जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका पाण्डे नेतृत्वको सरकारका ९ जना नै मन्त्रीहरु धनी देखिएका छन् ।

    मुख्यमन्त्री पाण्डेसँग पैतृक सम्पत्ति कहाँ कहाँ ?

    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पैतृक सम्पत्ति नै धेरै देखिएको छ । गोरखा, काठमाडौं, कपिलवस्तु र भक्तपुरमा पैतृक घरजग्गा रहेको उनले उल्लेख गरेका छन् ।

    पाण्डेको नाममा गोरखाको पालुङटार नगरपालिका – १ मा ४ कित्तामा जग्गा, कपिलवस्तुमा २ कित्ता र भक्तपुरको सूर्यविनायक नगरपालिकामा ५ कित्तामा मोहीबाट कमोद भएको सगोलको जग्गा रहेको पाण्डेले विवरणमा खुलाएका छन् ।

    यसअघि सम्पत्ति विवरण बुझाउँदा उनीसँग ४२ तोला सुन, ५०० तोला चाँदी थियो । अहिले त्यसमा ३ तोला सुन र २०० तोला चाँदी बढेको उनको सम्पत्ति विवरणबाट खुल्छ । उनीसँग २ सेट हिरा र १ सेट मोती पनि छन् ।

    व्यवसाय, तलब र जग्गा बिक्रीबाट एभरेस्ट बैंकमा २७ लाख ७४ हजार मौज्दात रहेको मुख्यमन्त्री पाण्डेले खुलाएका छन् । यसअघि उनले त्यहाँ २४ लाख ९६ हजार रहेको बताएका थिए ।

    पत्नी विना पाण्डेको नाममा प्रभु बैंकमा ६७ लाख रुपैयाँ तलब तथा उपदानमार्फत नगद जम्मा गरेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् ।

    यसअघि यो शीर्षकमा ६० लाख रुपैयाँ रहेको उनले बताएका थिए । छोरा सुयोग्यराज पाण्डेको ग्लोबल आइएमई बैंकमा ४ लाख ७८ हजार बैंक मौज्दात छ । यसअघि उनले छोरा सुयोग्गराजको नाममा बैंकमा १ लाख ५६ हजार मौज्दात देखाएका थिए ।

    मुख्यमन्त्री पाण्डेको दियालो फुडल्याण्ड प्रा लि मा ६१ हजार १००, बैंक तथा वित्तीय संस्थामा ५ हजार कित्ता शेयर रहेको र श्रीमती विनाका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा ५ हजार, छोरा सुयोग्यको नाममा ४ हजार कित्ता शेयर रहेको विवरणमा खुलाएका छन् ।

    मुख्यमन्त्री पाण्डेसँग श्रीमतीको नाममा एउटा मारुती बलेरो कार छ । त्यसको खरिद मूल्य पाण्डेले जम्मा ३२ हजारमात्र देखाएका छन् । पाण्डेले आफूसँग टिभी २ वटा, फ्रिज २ वटा, वासिङ मेसिन, माइक्रोओभन, किचनसहित पूर्ण फर्निसिङ घर रहेको उल्लेख गरेका छन् ।