Category: खेल

  • आइपिएल अनिश्चित कालका लागि स्थगित

    नयाँदिल्ली, शुक्रबार, २६ वैशाख २०८२ । भारतीय प्रिमियर लिग (आइपिएल) नयाँदिल्ली र पाकिस्तानबिचको बढ्दो सीमा तनावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको भारतीय मिडियाले शुक्रबार रिपोर्ट गरेका छन् । बिहीबार धर्मशालामा भएको खेल रद्द भएपछि क्रिकेट अधिकारीहरूले टी२० प्रतियोगिता स्थगित गर्ने निर्णय गरेका हुन् । धर्मशाला केही घण्टाअघि विस्फोट भएको जम्मू सहरबाट दुई सय किलोमिटरभन्दा कम दूरीमा छ ।

    पाँच पटकको विजेता चेन्नई सुपर किङ्ग्सले एक्समा लेखेको छ, “प्रत्येक कदममा साहस । प्रत्येक धड्कनमा गर्व । हाम्रा सशस्त्र सेनाहरूलाई सलाम !” यो खाताले सशस्त्र सेनाको तस्बिर ट्याग गरेको छ र यसमा लेखिएको छः ‘राष्ट्र पहिले । अन्य सबै कुरा पछि ।’

    दस टोलीको आइपिएल मार्च २२ मा सुरु भएको थियो । आइपिएलमा विश्वभरका धेरै क्रिकेट स्टारहरू छन् र यो खेलको सबैभन्दा धनी प्रतियोगिता हो ।

    लखनऊ सुपर जायन्ट्सले शुक्रबार रोयल च्यालेन्जर्स बेङ्ग्लुरुलाई आतिथ्यता गर्ने तालिका थियो । फाइनल मे २५ मा कोलकाताको इडेन गार्डेनमा हुने तालिका थियो र यसले सामान्यतया विश्वभरको ठुलो टेलिभिजन दर्शक सङ्ख्या आकर्षित गर्दछ ।

    विदेशी स्टारहरू मध्ये अस्ट्रेलियाका प्याट कमिन्स, मिचेल स्टार्क, जोश हेजलवुड, ट्राभिस हेड र मिच मार्श हुनुहुन्छ भने पूर्व कप्तान रिकी पोन्टिङले पञ्जाबलाई प्रशिक्षण दिइरहनुभएको छ ।

    क्रिकेट अस्ट्रेलियाले स्थगन समाचारअघि शुक्रबार एक वक्तव्यमा भनेको छ, “हामी पाकिस्तान र भारतमा स्थितिको नजिकबाट निगरानी गरिरहेका छौँ… र हाल क्षेत्रमा रहेका हाम्रा खेलाडी र सहयोगी कर्मचारीहरूसँग सञ्चार कायम गरिरहेका छौँ ।”

    पाकिस्तान क्रिकेटले पहिले नै आफ्नो टी२० लिगका बाँकी खेलहरू खेलाडी सुरक्षाका कारण संयुक्त अरब इमिरेट्समा सार्ने निर्णय गरिसकेको छ ।

    भारत र पाकिस्तानले सन् १९४७ मा ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेपछि काश्मीरमाथि आफ्ना तीन पूर्ण युद्धमध्ये दुई लडेका छन् । काश्मीर एक विवादित क्षेत्र हो । काश्मीरमाथि दुवै देशले पूर्ण दाबी गर्छन् तर छुट्टाछुट्टै भागहरू प्रशासन गर्दछन् ।

    नयाँदिल्लीले दुई हप्ताअघि भारत–नियन्त्रित काश्मीरमा भएको घातक आक्रमणको बदलामा बुधबार बिहान मिसाइल प्रहार गरेको थियो । उक्त आक्रमणका लागि भारतले पाकिस्तानलाई दोष लगाएको छ । इस्लामाबादले कुनै पनि संलग्नता अस्वीकार गरेको छ ।

    दक्षिण एसियाली यी दुई छिमेकीबिच दशकौँको सबैभन्दा खराब हिंसामा बुधबारदेखि सीमाका दुवैतर्फ कम्तीमा ४८ जनाको मृत्यु भएको छ । रासस/एएफपी

  • जेसिजहरुको फुटसल खेल गोरखामा आयोजना गरिने

    गोरखा, शुक्रबार, ९ फागुन २०८१ । गोरखा नगरपालिकाको पर्यटन बर्षको अवसबर पारेर जेसिजहरु बिच बन्धुत्व भावना सिर्जजना गर्ने गरी गोरखा बजार क्षेत्रमा फुटसल आयोजना गरीएको छ ।

    गोरखा जेसिज गोरखाले फेलोसिप अन्तरर्गत एरिया ‘बि’ को राष्ट्रिय निरुपीत उपाध्यक्ष अभिषेक दुलाल अन्तरर्गतका शाखाहरु बिच फुटसल गर्न लागेको गोरखा जेसिजका अध्यक्ष सुमन गुरुङले जानकारी दिए । उनका अनुसार यो शाखामा कुल १५ क्लबहरु भएता पनि १ महिलाहरुको भएकाले १४ क्लबको सहभागिता हुने उनले बताए । सबै क्लबका नयाँ सदस्य भएकाले परिचय र सामिप्यताको लागि पनि फुटसल सहयोगी हुने अध्यक्ष गुरुङले विश्वास ब्यत्त गरे ।

    आउदो चैत्र १ र २ गते हुने फुटसल गोरखा नगरपालिका–९ को लक्ष्मि बजारको दल भञ्ज्याङमा रहेको खेलकुद मैदानमा हुने छ ।

    अध्यक्ष गुरुङका अनुसार गोरखा सहित भानु बन्दिपुर, लमजुङ, ब्यास, शुक्ला गण्डकी, लेखनाथ, पोखरा, बालिङ, बागलुङ तथा माडीमा रहेको जेसिजहरुले फुटसलमा सहभागीता जनाउने छन् ।

    ‘राम्रो गर, राम्रो बन’ नारा दिएकाे फुटसलमा पहिलो र दोस्रो हुने समूहलाई नगद ५० र ३० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरीने भएको छ । साथै खेलमा उत्कृष्ठ गोल रक्षक, डिफेन्डर, फेयर प्ले, गोलकर्ता र म्याच अफ दि टुर्नामेन्टलाई समेत नगद र प्रमाण पत्र प्रदानगरीने आयोजक गोरखा जेसिजले जनाएको छ । नक आउटको आधारमा हुने खेलमा ३ लाख ९० हजार खर्च हुने अनुमान गरीएको छ । सहभागी समूहले दर्ता शुल्क बापत ५ हजार शुल्क बुझाउनु पर्ने पनि आयोजकले जानकारी दिएको छ ।

  • गोर्खाली रग्बी सेभेन्स ट्रफी प्रतियोगिता हुने

    काठमाडौँ, शुक्रबार, ९ फागुन २०८१ । गोर्खाली रग्बी क्लबको आयोजनामा गोर्खाली रग्बी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता, गोर्खाली रग्बी ट्रफी आयोजना हुने भएको छ । गोर्खाली रग्बी क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।

    प्रतियोगितामा सात प्रदेश, त्रिभुवन आर्मी क्लब, एपीएफ र एक आयोजक टिम गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् ।

    प्रतियोगितामा कुल १३५ जना पुरुष खेलाडीले सहभागिता जनाउने बताइएको छ । चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा फागुन १६ र १७ गते गरी दुई दिन प्रतियोगिता आयोजना हुने गोर्खाली रग्बी क्लबले जानकारी दिएको छ ।

    आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टोलीले दुई लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । दोस्रो हुने टोलीले एक लाख रुपैयाँ, ट्रफी र मेडल पाउनेछ । प्रतियोगितामा २१ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

    प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई भर्दना काउचरबाट इटालियन सुट एक सेट प्रदान गरिनेछ ।

  • लखन थापा फुटबल प्रतियोगिताः प्रथम हुनेलाई एक लाख

    दाङ, शुक्रबार, ९ फागुन २०८१ । नेपालका प्रथम सहिद लखन थापा मगरको १४८ औँ स्मृतिमा घोराहीमा जारी खुल्ला नकआउट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार क्वाटरफाइनलमा सबै खेल सकिएसँगै अन्तिम चारमा पुग्ने टीमको टुंगो लागेको हो ।

    प्रतियोगिताको सेमिफाइनलमा बिएफएल, युएनबीसी, नवलपुर फुटबल एकेडेमी र चौघेरा स्पार्ट्स एकेडेमी प्रवेश गरेका हुन्। नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा घोराही उपमहानगरपालिका वडा १८ नवलपुर फुटबल मैदानमा जारी खुल्ला नकआउट प्रतियोगितामा बिहीबार भएको तेस्रो क्वाटरफाईनलमा युएनबीसीले युनाईटेड लालमटिया फुटबल क्लबलाई २–१ गोल अन्तरले तथा चौथो क्वाटरफाईनलमा नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लबलाई ३–० गोलले हराउँदै सेमिफाईनलमा प्रवेश गरेका छन् ।

    १–० को अग्रता जोगाउन नसक्दा लालमटिया युएनबीसीसँग हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । नवलपुर फुटबल एकेडेमीले टरीगाउँ युथ क्लब विरुद्ध सहज जीत निकाल्दै अन्तिम चारमा पुगेको छ ।

    यसअघि बुधबार भएको पहिलो क्वाटरफाईनलमा खेलमा चौघेरा स्पोर्टस् एकेडेमीले माडीचौर फुटबल क्लब रोल्पालाई ५–१ गोलले तथा दोस्रो क्वाटरफाईनलमा बिएफएलले खोजरफ्तारको टीमलाई ५–० गोलले हराउँदै सेमिफाईनल प्रवेश गरेका हुन् । अब प्रतियोगिता अन्तर्गत आज शुक्रबार सेमीफाईनलका दुई खेल हुनेछ । जसअनुसार दिउँसो १२ बजे पहिलो सेमीफाईनल चौघेरा स्पोर्ट्स एकेडेमी र युएनबीसीबिच खेल हुनेछ । दोस्रो सेमीफाईनल बिएफएल र नवलपुर फुटबल एकेडेमीबिच खेल हुने प्रतियोगिता संयोजक इराक घर्तीले जानकारी दिनुभयो ।

    दाङसहित सल्यान, रोल्पाका गरी कुल १६ टीमको सहभागीता रहेको प्रतियोगिता संयोजक घर्तीले बताउनुभयो । फागुन १० गते फाईनल खेल हुनेगरी तयारी गरिएको प्रतियोगिता सहसंयोजक अशोक घर्तीले बताउनुभयो । प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुने टिमलाई ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइनेछ । यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकको भनाइ छ ।

  • दोस्रो मेयर कप-गोदावरी नगरब्यापी खुल्ला टेबुल टेनिस प्रतियोगिता फागुन ८ देखि १० गतेसम्म

    ललितपुर, मंगलबार, २९ माघ २०८१ । गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँमा दोस्रो मेयर कप गोदावरी नगरब्यापी खुल्ला एकल टेबुल टेनिस प्रतियोगिता २०८१ हुने भएको छ ।

    “रास्ट्रका लागि खेल, स्वास्थका लागि खेल” भन्ने मुल नारा सहित झि: बर्यामी पुच: गोदावरी – १४ को आयोजनामा, गोदावरी नगरपालिका तथा गोदावरी नगरपालिका वडा नं १४ को सम्न्वयमा सो प्रतियोगिता हुने भएको हो ।

    गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले फागुन ८ उद्घाटनसहित प्रतियोगिता सुरु भएर फागुन १० गते खेल समापन तथा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगीले नगद राशीसहित ट्रफी, मेडल र प्रमाणपत्रले सम्मानित गरिनेछ ।

  • चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

    काठमाडौँ, मंगलबार, २९ माघ २०८१ । चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

    पहिलो पटक आयोजना गर्न लागिएको उक्त प्रतियोगिता आगामी फागुन ५ देखि १४ गतेसम्म सञ्चालन हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

    एन्फाले पहिलो पटक आयोजना गर्न लागेको चार देश सम्मिलित उक्त प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, म्यान्मा र लेबनानको सहभागिता रहनेछ । उक्त प्रतियोगिताको ‘टिकेटिङ राइट’ एक करोड ३५ लाख र ‘ब्रोडकास्टिङ राइट’ रु ६६ लाखमा बिक्री गरेको एन्फाले जनाएको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त प्रतियोगिताको टिकट दर ‘भिआइपी’तर्फ रु एक हजार र साधारण प्यारापिटतर्फ ५०० तोकिएको छ । एन्फाका अनुसार सहभागी टोलीले अभ्यासका लागि सातदोबाटोस्थित एन्फा मुख्यालय मैदान र भद्रकालीस्थित नेपाली सेनाको खेलमैदान प्रयोग गर्नेछन् ।

    प्रतियोगिताको अनुमानित बजेट करिब दुई करोड ५० लाख ५६ हजार १०४ लाग्ने आयोजकले जनाएको छ ।

  • गोदावरीमा अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल, १७ टिमको समूह विभाजन

    ललितपुर, मंगलबार, २१ माघ २०८१ । दोस्रो संस्करणको गोदावरी नगरपालिकास्तरीय अन्तर विद्यालय सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । श्री ज्ञान कुण्ड युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु हुने प्रतियोगितामा नगरपालिकाभित्रका १७ वटा विद्यालयले प्रतिस्पर्धा गर्दै छन् ।

    आयोजकले आइतबार पत्रकार सम्मेलन गरेर प्रतियफोगिताको तयारी पूरा भएको जनाएको थियो । यस्तै, हिजो नै टाइसिट पनि ड्र गरिएको थियो ।

    १७ टिमलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘बी’मा पाँच टिम रहँदा अन्य तीन समूहमा भने चार चार टिम छन् । लिग कम नकआउट प्रतिस्पर्धामा हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने आज आयोजित पत्रकार सम्मेलनमा ज्ञानकुण्ड युवा क्लबका कार्यवाहक अध्यक्ष एवं प्रतियोगिता संयोजक निकेश श्रेष्ठले जानकारी दिए ।

    नगरपालिकाभित्रका विद्यालयहरूमा खेलकुदको विकासका लागि क्लबले प्रतियोगिता आयोजना गरेको संकटा क्लबका पूर्वखेलाडी पनि रहेका दीपक श्रेष्ठले जानकारी दिए ।

    यसैगरी, गोदावरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मिलन सिलवालले नगरपालिकाले खेलकुद पूर्वाधारका लागि काम गरिरहेको जानकारी गराउँदै युवा र खेलकुदको क्षेत्रमा काम गर्न आफूहरू सधैँ तयार रहेको प्रतिबद्धता जनाए ।

    १७ वटा टिमको समूह विभाजन

    समूह ‘ए’मा इन्द्रेणी स्कुल, टीका भैरव बोर्डिङ स्कुल, एभरेस्ट स्कुल, सूर्य शिक्षा सदन स्कुल । समूह ‘बी’मा नेवा स्कुल, वशिष्ठ स्कुल, श्री बुद्ध स्कुल टिकाभैरव, सरस्वती स्कुल र सांग्रीला स्कुल । समूह ‘सी’मा बज्र एकेडेमी, रिदभान स्कुल, अमरकान्ती स्कुल र बाल अंकुर स्कुल । समूह ‘डी’मा लिटिल स्टार स्कुल, भीमसेन स्कुल, गंगाजमुना स्कुल र बुद्ध स्कुल बाँडेगाउँ छन् ।

    प्रतियोगिताको विजेताले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उप विजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, गोलकर्ता, र उदयीमान खेलाडीले जनही पाँच हजार पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उद्घाटनका बेला उत्कृष्ट मार्चपास गर्ने टोलीलाई पनि ट्रफी, मेडल र प्रमाणपत्रका साथै नगद पाँचहजार पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक श्रेष्ठले बताए । प्रतियोगिताका सबै खेल विनायक स्पोर्टस कम्प्लेक्स ढोलाहिटीमा हुनेछन् ।

  • पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित

    काठमाडौँ, मंगलबार, २१ माघ २०८१ । बंगलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली नगदसहित सम्मानित भएका छन् । माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले एक स्वर्ण, एक रजत र चार कांस्य पदक जितेका थिए ।

    अस्मिता भुजेलले एक हजार ५०० मिटर दौडमा स्वर्ण तथा आठ सय मिटर दौड र चार गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी थिइन् । अस्मिताले २० हजार रुपैयाँ पाइन् ।

    सैलेश श्रेष्ठले ११० मिटर हर्डल्समा रजत र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे ।

    लङजम्प र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी निशा घर्तीलाई १० हजार नगद प्रदान गरियो । पुकारजंग बस्नेतले एक हजार ५ सय मिटर दौड र सन्तबहादुर दराईंले ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जिते । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।

    टिम व्यवस्थापक सुन्दरकेशर कार्कीलाई पनि पाँच हजार नगदसहित पुरस्कृत गरिएको छ ।

    उनीहरूलाई संघीय सांसद कल्पना चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी, हिमालकुमार श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका पूर्वसदस्य–सचिव सूर्यलाल भण्डारी, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।

    एथलेटिक्स परिवार नेपाल र नेपाल एथलेटिक्स संघका केही पदाधिकारी मिलेर खेलाडीलाई सम्मान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।

  • सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन

    काठमाडौँ, शुक्रबार, १८ माघ २०८१ । आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै सङ्कटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार भएको फाइनलमा सङ्कटाले बागमतीलाई सडन डेथमा ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

    त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा सङ्कटाले सडन डेथमा बाजी मारेको हो । टाइब्रेकरमा बागमतीका गोलरक्षक दीप कार्की नायक बन्दा बागमती भाग्यमानी बन्यो ।

    टाइब्रेकरमा सङ्कटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की , सुनिल खड्काको प्रहार सफल भएको थियो । राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले बचाउनुभयो ।

    यता बागमतीका नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीपले विफल पार्नुभएको थियो । रजत तिवारीको प्रहार पोस्टमाथि हुईकिएपछि बागमती स्तब्ध बन्यो ।

    उपाधिसँगै सङ्बटाले २६ लाख रुपियाँ पुरस्कार पायो । उपविजेता बागमतीले १३ लाख रुपियाँमा चित्त बुझायो । सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । यस्तै प्रतियोगितामा विजेता सङ्कटाका कप्तान एवं गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी हुनुभयो ।

    उहाँले ७५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार सङ्कटाका अबेकाह रिचार्ड, न्युरोड टिम (एनआरटी) का अन्जन बिष्ट र कृतिशरत्न छुन्जुले पाउनुभयो ।

    दुई गोल गर्न सफल तीनै जनाले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजक बागमतीका विकेश कुथु चुनिनुभयो । उहाँले पनि ५० हजार रुपियाँ हात पार्नुभयो । बागमतीका सन्दीप कार्की उदयीमान खेलाडी बन्दै २५ हजार रुपियाँ हात पार्नुभयो ।

    नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए ।

    विजेतालाई नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।

  • चैत्रमा काठमाडौँ उपत्यका व्यापी दोस्रो गोदावरी मेयर कप हुने

    ललितपुर, सोमबार, १४ माघ २०८१ । काठमाडौँ उपत्यका व्यापी दोस्रो गोदावरी मेयर कप हुने भएको छ । गोदावरी नगरपालिकाको ९ औं नगर स्थापना दिवसको अवसरमा काठमाडौँ उपत्यका व्यापी अन्तर नगरपालिका खुल्ला दोस्रो मेयर कप फुटबल प्रतियोगिता चैत्र ९ गतेदेखि चैत्र २३ गतेसम्म गोदावरीमा हुने भएको छ ।

    स्थानीय खेलाडीको खेलस्तर उकास्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिन लागिएको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

    प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित पाच लाख रुपैयाँ र दृतिय स्थान हासिल गर्ने टिमलाई ट्रफीसहित तीन लाख रुपैयाँ प्रदान गरिने खेलकुद संयोजक निरोज बज्राचार्यले जानकारी दिनुभयो । साथै, उहाँले फागुन १ गतेदेखि फागुन २९ गतेसम्म टिम दर्ता गर्न सकिने बताउनु भयो ।

    टिम दर्ता शुल्क पच्चीस हजार रुपैयाँ लाग्ने खेलकुद संयोजक निरोज बज्राचार्यले बताउनुभयो ।