Blog

  • राणातन्त्र विरुद्ध जनस्तरबाट निर्मित पहिलो विद्रोही किल्ला

    राजु मियाँ

    गोरखा, शनिबार, ३ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस किल्ला परिसरमा भंब्य रुपमा शनिबार मनाइएको छ ।

    प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन थापा मगर, गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी लगायत अतिथि महानुभावहरु

    गोरखाको साविकको वुङ्कोट–४, काहुलेभँगार र हाल शहिद लखन गाउँपालिका–७ मा लखन थापाकै नाममा सालिकसहित स्मारक बनाइएको छ । सदरमुकामदेखि १२ किलोमिटर दक्षिणपूर्वमा रहेको करिव २ रोपनी क्षेत्रफल रहेको यो समथर भू-भागलाई अहिले पनि ‘विद्रोही किल्ला’ भनिन्छ ।

    प्रथम शहीद लखन थापा मगर
    गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।

    गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो।

    बुङ्कोट विद्रोह अद्‌भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)। 

    अत्याचारी राणाशासन विरुद्ध विद्रोही अभियान संचालनका लागि नेपाली जनताहरुको सहयोगमा लखन थापा मगरले वि.सं. १९२७ मा बलियो किल्ला निर्माण गरे । राणा सरकार विरुद्ध लड्न जनस्तरबाट पहिलो पटक बनाइएको उक्त किल्लाको चारै तर्फ बङकर बनाइएको थियो । किल्लाको बाहिरी भागमा चारैतिरबाट ढुङ्गाको तीन तहको बलियो पर्खाल थियो । किल्ला भित्रबाट बाहिरको गतिविधि सजिलै निगरानी गर्न मिल्ने एबम् आफू सुरक्षित रहेर बाहिरका दुस्मनहरुलाई आक्रमण गर्न सकिने गरि पर्खालको ठाँउ ठाँउमा प्वाँलहरु राखिएका थिए । किल्लाको बाहिरी भागमा घेरिएको ढुङ्गाको बलियो पर्खाल १६ क्युबिट्स उचाई र ८ क्युबिट्स चौडाइको थियो ।

    उक्त किल्लाको चारै तर्फ ढुङ्गाको नै ढोका र नस राखिएको थियो । किल्लाको चारै दिशामा ढोकाहरु थिए भने मूल ढोका उत्तरतर्फ रहेको थियो । किल्ला भित्र मध्य भागमा ७ बर्ग मिटरको छेत्रफलमा मोई थान (मनकामना माई) को मन्दिर निर्माण गरिएको थियो । लखन थापा मगरले किल्ला परिसरमा पाँच तल्ले घर बनाई त्यहाँबाट मोई थान (मनकामना माई) को पुजा समेत चलाएका थिए ।

    लखन थापाको नेतृत्वमा भएको यो विद्रोहको सम्बन्धमा सरकारी संयन्त्र मार्फत जङ्गबहादुर समक्ष जानकारी पुगे पश्चात् खटाइएका देबी दत्त रेजिमेन्टका तीन कम्पनी फौजले विद्रोही किल्लालाई चारैतर्फबाट घेरा हालेपछी दोहोरो भिषण युद्ध भयो । जनसेनातर्फ गोला बारुद सकिएर युद्ध रोकिएपछि सरकारी सेनाले विद्रोहीहरुबाट ६० नाल बन्दुकसहित केही तरवार, खुदा, खुकुरी, भाला, धनुष, बाण लगायतका हतियारहरु बरामत गरे । त्यसपश्चात् विद्रोह नेता लखन थापा मगरसहित १२ जना मुख्य विद्रोहीहरुलाई पक्राउ गरी बासँको पिजंडा (कोक्रा) मा कैद गरी यातनापुर्वक काठमाडौँ चलान गरियो । साथै, करिब ५० जनालाई पैदल हिडाएर काठमाडौँ पुर्‍याइयो । पक्राउ परेका लखन थापा मगर लगायतका विद्रोहीहरुमाथि निर्ममता पुर्वक नेल ठोकी कोर्रा हानी थापाथली दरबारमा नाटकीय ढंगले मुद्दा चलाइयो । तर पनि नेपाल आमाका ती महान् सपुतहरु निरङ्कुश राणा शासक सामु झुकेनन् । अन्त्यमा, लखन थापा मगर, जयसिंह चुमी राना मगर, जुठ्या थापा मगर, विराज थापा मगर, जीतमान गुरुङ, अच्छामी मगर र अजपसिंह थापा मगरलाई मृत्युदण्ड दिने फैसला सुनाइयो ।

    जङ्गबहादुरको आदेशमा मृत्युदण्डको सजाय सुनाइएका प्रजातान्त्रिक योद्धाहरुलाई गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं. ७ काहुले भंगार वुङ्कोटमा निर्मित किल्लामा पुर्‍याइयो । उक्त किल्ला परिसरमा निर्मित मनकामना माईको मन्दिर अगाडी स्थानीय जनसमुदायको उपस्थितिमा सर्बप्रथम विद्रोही नेता लखन थापा मगरलाई छाला काढेर अमिलो चुक लगाई बर्बरता पूर्वक खिराको बोटमा झुण्डाइयो ।

    त्यतिबेला आफ्नो भौतिक जीवन समाप्त गरेपनि राणा शासन विरुद्ध विद्रोही चेतना प्राप्त गरेका नेपाली जनताहरुले राणा शासक जङ्गबहादुर र निरङ्कुश जनानियाँ शासन ब्यवस्थाको अन्त्य गरी छाडने बिश्वास व्यक्त गर्दै त्यतिबेला उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै उद्घोष गरेका थिए । -“म मर्न गइरहेको छैन, यदि म मुर्दा (मृत्यु ) अवस्थामा परिणत भए भने जङ्ग बहादुरको पनि प्राण अन्त्य हुनेछ ।”
    प्रथम विश्वयुद्ध (१९१४-१९१८) भन्दा अघि राणा शासनविरुद्ध ठूलो विद्रोह भएको थिएन ।

    गलत शासनविरुद्ध बिद्रोह हुन नसक्नुमा अशिक्षा र दयनीय आर्थिक अवस्था र राजनीतिक चेतना नै प्रमुख कारण थिए । त्यसैगरी राणा शासकले आफ्नो शासन बचाउनका लागि भारतीय भूमि प्रयोग गरेर आफ्ना निरङ्कुश शासनविरुद्ध कुनै गतिविधि हुन नदिन अङ्ग्रेज सरकारलाई मनाएका थिए । तर, यस्तो अवस्था धेरै टिकेन ।

    पहिलो विश्वयुद्धका कारण विश्वभरि नै आर्थिक, राजनीतिक अवस्थामा परिवर्तन देखा परेको थियो । यही कुरा बुझेर नेपाली सेनाको ‘ पुरानो गोरख पल्टन’ ( मगर पल्टनमा) लखन थापाले जागिर खाएका थिए ।लखन थापा मगर र उनका साथी जयसिंह चुमी मगर तीन महिनाको लागि घर बिदामा आए । यसैबीच उनीले तत्कालीन अवस्थाको राजनीतिक, सामाजिक, धार्मिक परिस्थितिको अध्ययन गरे । त्यसपछि लखन थापाले जंगबहादुरको शासन ढाल्ने योजना बनाए ।

    सो योजनाअनुसार लखन थापाले जयसिंह चुमीमगर, शुकदेव गुरुङ, सुपति गुरुङ, ज्ञान दिलदास ब्राह्मण र कानु लम्सालको सहयोगमा स्थानीय युवाको विद्रोही फौज खडा गरे । लड्नका लागि उनीहरुले बलियो किल्ला बनाए । उनीहरुले ढुंगैढुङ्गाले घेरिएको बलियो किल्ला तयार पारे । शक्ति आर्जन गर्नका लागि उनीहरुले देवीलाई सम्झिए । फलस्वरुप उनीहरुले लडाइँको किल्ला परिसरभित्र मनकामना देवीको मूर्ति स्थापना गरे । लखन थापाहरुले आफ्नो फौजलाई फौजी कवाज खेल्ने, तारो हान्ने, विभिन्न तालिम सञ्चालन गर्ने र खाने, बस्ने आदि बन्दोबस्त पनि मिलाए । किल्लाभित्र ढुङ्गेधारा र पोखरीसमेत बनाइयो ।

    विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)। 

    विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो । 

    विसं १९२७ मा एउटा सानो झिल्कोको रूपमा सुरु भएको त्यो विद्रोह ८० वर्षपछि अर्थात् २००७ सालमा पूरा भयो । ८० वर्षको कठोर प्रयासपछि २००७ साल फागुन ७ गते नेपालबाट राजा शासनको अन्त्य भयो र प्रजातन्त्र स्थापना भयो । यसबिचमा राणा शासनविरुद्ध गुप्त र खुला थुप्रै सङ्घर्ष भए । त्यसमा सयौँ सपुतले आफ्नो जीवन बलिदान गरे । त्यो बलिदानीपूर्ण सङ्घर्षको पहिलो शङ्ख फुक्ने वीर योद्धा थिए लखन थापा मगर । लखन थापाकै शौर्य, वीरता र साहसको अन्तिम परिणति थियो सात सालको क्रान्ति । लखन थापा हामी वीर नेपालीका शान र गौरव हुन् । विसं १९९३ मा जङ्गबहादुरले मृत्युदण्ड दिएका थापा मगरलाई नेपाल सरकारले सन् २००० फेब्रुअरी २३ मा नेपालको प्रथम सहिद घोषणा गरेको थियो । त्यसअघि पनि उनलाई सहिदको रूपमा स्वीकार गर्नेको सङ्ख्या निकै ठुलो थियो तर औपचारिक र आधिकारिक रूपमा उनको नाम सहिदको सूचीमा थिएन । सन् २००० देखि भने उनको नाम राज्यले सहिदको सूचीमा दर्ता ग¥यो ।

    विर योद्धा जयसिंह चुमी राना मगर

    राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

    जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

    सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

    ऐतिहासिक पानी पोखरी

    राणाशासन ब्यवस्था विरुद्ध जनस्तरबाट पहिलो पटक लखन थापा मगरको नेतृत्वमा वि स १९२७-३३ सम्म विद्रोह भएको थियो । उक्त विद्रोहका क्रममा हालको हालको शहिद लखन गाउँपालिका वडा नं ७ काहुले भँगार, वुङ्कोटमा निर्मित किल्ला परिसरको दक्षिण पश्चिमको यस भू -भाग मा त्यति बेला नै पानी पोखरी निर्माण गरिएको थियो ।

    विद्रोही किल्ला भित्र खानेपानीको ब्यवस्था एब किल्ला परिसरमा नै रहेको मनकामना मन्दिर र जोसमनी मठमा जल ब्यवस्थापनका लागि यो पोखरीको निर्माण वि सं १९२७ तिर गरिएको थियो ।

    त्यति बेला यस पोखरीमा किल्लाको करिव १ कि मि दक्षिणको बोझा पानी र करिव ७०० मि पश्चिममा रहेको माथिल्लो काउले ( मगराती टोल) को कुवाबाट पानी ल्याइएको थियो । लामा लामा ढुङ्गाहरु लाई खोपेर त्यस माथी ढुङ्गाको नै छपनी (ढकनी ) राखेर नली बनाइ मुहान देखि पोखरी सम्म पानी ल्याइएको थियो । पोखरी संगै ढुङ्गा घारा समेत बनाइएको थियो । उक्त किल्ला परिसरमा निर्मित पानी पोखरीको आकार २० हात × १२ हात (३० फिट × १८ फिट ) रहेको थियो ।

    त्यो लडाइँको तयारी एक किसिमको जनविद्रोहको तयारी नै थियो । यी सबै कुरा तयार गर्न तयारी गर्न कम्तिमा ६ महिनाभन्दा बढी समय लागेको थियो । लखन थापाले गोरखाको बुङ्कोटमा स्थानीय विद्रोही सेना परेड खेल्ने मैदानको पनि स्थापना गरेका थिए । लखन थापाले रणनीतिक ढङ्गले जङ्गबहादुरको निरंकुश जहानियाँ शासनलाई हटाएर देशलाई स्वतन्त्र बनाउन चाहन्थे ।

    तर, जङ्गबहादुरको तानाशाही शासनलाई ध्वस्त पार्न लागि सैनिक विद्रोह मात्र पर्याप्त थिएन । त्यसको आवश्यकता पूर्ति गर्न एउटा सशक्त राजनीतिक सङ्गठन पनि आवश्यक छ भन्ने महसुस उनलाई भइसकेको थियो । त्यसका लागि उनले तयतिबेलाको जोसमनी धर्मको आडमा नेपाली जनतामा राजनीतिक जागरुकता ल्याउने प्रयास गरे । उनी लगायत उनका सहयोगी, समर्थक गोर्खाको गाउँघर र बस्तीबस्ती डुलेर अंग्रेजको दलाल बन्न पुगेका जङ्गबहादुरविरुद्ध उनका काला कर्तुतको भण्डाफोर गर्दै हिंडे ।

    लखन थापाले जनतालाई भेला गराई ठाउँठाउँमा भाषण, प्रवचन दिंदै एक प्रकारले प्रशिक्षण दिँदै हिंडे । प्रजातान्त्रिक व्यवस्था ल्याउनका लागि लखनले राजनीतिक चेतना प्रवाह गरेको इतिहास पाइन्छ । यसरी गोर्खाको बुङ्कोटमा विद्रोहको जनलहर फैलिन पुग्यो र विद्रोहीले जनसमर्थन र जनसहभागिता पनि जुटाउँदै गए । हरेक राजनीतिक आन्दोलन र युद्ध जित्नका लागि नेताले केही न केही नारा दिएका हुन्छन् ।

    जङ्गबहादुर राणाको शासन ढाल्नका लागि जनता जगाउन लखन थापाले “जङ्गबहादुरले नेपाल म्लेच्छलाई बेच्यो, दुनियाँलाई त्राहीत्राही पारिरहेछ, जातिपाति, छुवाछूत झन चर्काएको छ, जङ्गेलाई हटाई नेपाल आमालाई पापको बोझबाट हल्का पार्नु पर्छ, नेपालमा सत्य युग फिराऊ भनेर मनकामना माईले मलाई वरदान दिएकी छिन्, लौ भाइ हो तयार होऊ” भन्दै उनीहरुले जनतालाई संगठित पार्न थाले ।

    प्रशिक्षणका क्रममा उनले यस्ता खाले कुरामा निकै नै जोड दिन्थे । जालझेल र व्यक्तिहत्याबाट सत्तामा पुगेका जङ्गबहादुर विदेशी (साम्राज्यवादी अंग्रेज) शक्ति समक्ष लम्पसार परेका थिए । सो कुरा लखनले नेपाली जनता समक्ष प्रष्टरूपले राख्न थाले । जङ्गबहादुरले जनतालाई त्राहीत्राही पार्यो अर्थात् तानाशाही, क्रुर एवं हुकुमी शासन स्थापित ग‍र्यो भन्ने कुरा उनले जनतालाई बुझाउन थाले । नेपालमा सत्य युग फिराउनु पर्छ अर्थात् प्रजातान्त्रिक व्यवस्था ल्याउनु पर्छ भनेर उनले जनतालाई विद्रोहका निम्ति आह्वान गरे । त्यसबेलाका स्थानीय जनतामा मनकामना माईप्रति गहिरो आस्था र धार्मिक विश्वास थियो । देवीबाट आफूलाई वरदान मिलेको र जङ्गेलाई हटाउन तयार हुनु प‍र्यो भनेर उनले अपील गरेका थिए । सन् १८५४ को मुलुकी ऐनमा जारी भएको प्रावधानले आदिवासी जनजातिको सामाजिकस्तर अझ तल झर्न गएकाले उनीहरू जङ्गबहादुरको हुकुमी शासनबाट अत्यन्त रुष्ट थिए ।

    स्थानीय जनतामा यस्तो आह्वानले निकै प्रभाव पर्न गयो र लडाइँमा जनताको स्वतःस्फूर्तरुपमा सहभागिता बढ्दै गयो । यसरी जङ्गबहादुरविरुद्ध पहिलो पटक संगठितरूपमा लखन थापाको नेतृत्वमा जनआन्दोलन वा जनविद्रोहको प्रारम्भ भयो । वि.सं १९२८ सालमा स्थानीय जनताले प्रभावशाली नेता लखन थापालाई आफ्नो राजा सरह मान्न थाले ।

    किल्लाको एक सय मिटर तल दक्षिण पुर्वमा जनमिलिसियालाई युद्धकला सम्बन्धी तालिम दिन परेड मैदान (टुँडिखेल) बनाइएको थियो ।

    निरंकुश राणा शासनको सुत्राधार जंगबहादुरको राज्यसत्ता विरुद्ध वि. सं १९३२ मा चेतनाको दियालो बालेर लखन थापाको नेतृत्वमा जनस्तरबाट उठेको विद्रोह नै नेपालको पहिलो राजनीतिक आन्दोलन थियो । त्यतिबेला सामाजिक तथा राजनीतिक सङ्गठन खोल्न प्रतिबन्ध थियो । त्यस्तो अवस्थामा गर्न लागिएको सो विद्रोहको तयारी भइरहेको जानकारी कसैले जंगबहादुरकोमा पुर्याइदिएको रहेछ । परिणामस्वरूप रातारात गोरखा पुगेको जंगबहादुरको फौजले लखन थापा, जयसिंह चुमी (राना), अच्छामी मगर र अन्य चारजनालाई पक्राउ गरी वि.सं १९३३ फागुन २ गते हत्या गर्यो ।

  • कार्यसम्पादनमा बारपाक सुलीकोट गाउँपालिका पहिलो हुन सफल

    गोरखा, शनिबार, ३ फागुन २०८१ । स्थानिय तह कार्यसम्पदानमा गोरखाका ११ वटा पालिकाहरू मध्ये वारपाक सुलीकोट गाउँपालिका पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको मूल्याङ्कनको अन्तिम नतिजा अनुसार वारपाक सुलीकोट गाउँपालिका ७०.०८ अङ्क प्राप्त गरी जिल्लाको पहिलो भएको हो ।

    गोरखाको दोस्रो भएको भिमसेनथापा गाउँपालिकाले ६९.०१ अङ्क ल्याएको छ । त्यस्तै तेस्रो भएको आरुघाट गाउँपालिकाले ६८.०९ अङ्क प्राप्त गरेको छ । आयोगले सार्वजानिक नतिजा अनुसार चुमनुब्री गाउँपालिकाले ६७.०१ अङ्क प्राप्त गरेको छ भने धार्चे गाउँपालिका र पालुङटार नगरपालिकाले समान ६६.८ अङ्क प्राप्त गरेको छ ।

    त्यस्तै, शहीद लखन गाउँपालिकाले ६६.४ अङ्क प्राप्त गर्न सफल भएको छ । गोरखाको पहिलो नगरपालिका गोरखा नगरपालिकाले ६०.७ र गण्डकी गाउँपालिकाले ६०.० अङ्क प्राप्त गरेका छन् । सिरानचोक गाउँपालिकाले ५८.६ अङ्क प्राप्त गरेको छ भने जिल्लाको सबैभन्दा कम अजिरकोट गाउँपालिकाले ५७.१ अङ्क प्राप्त गरेको छ ।

    आयोगले प्रदेश तथा स्थानिय तहको कार्य सम्पादन मूल्याङ्कनमा कार्यविधि २०७८ अनुसार विभिन्न १७ सूचकको आधारमा मूल्याङ्कन गरेको छ । जसमा असार १० भित्र बजेट पेस गरे नगरेको, असार मसान्त भित्र बजेट पारित गरे नगरेको, आय व्यायको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस गरे नगरेको, बजेटको वार्षिक समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजानिक गरे नगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानिय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र प्रयोग भए नभएको जस्ता सूचकका आधारमा मूल्याङ्कन गरिएको छ ।

    त्यस्तै, स्वास्थ्य र शिक्षालाई पनि मुख्य सूचकको रूपमा लिदै गर्भवती महिलाको ४ पटक गर्भ जाँच गरेको महिलाको अनुपात, पूर्ण खोप लगाएका बालबालिका र शिक्षामा सामुदायिक विद्यालयमा कक्षा १० मा १.६ भन्दा बढी जिपिए प्राप्त गरेका विद्यार्थी कक्षा ८ भन्दा बढी कक्षा ९ मा विद्यार्थी टिकाउ दर लगायतका सूचकहरू रहेका छन् ।

    वित्त आयोगले वित्तीय अनुदान दिँदा स्थानिय तहको कार्य सम्पादनलाई पनि हेरेर सिफारीस गर्नका लागि कार्यसम्पादन मूल्याङ्कन हेर्ने गरिएको छ । हाल भएको उपलब्धीलाई रक्षा गर्दै अगामी दिनहरूमा आयोगले तोकेका सबै सूचकहरूलाई केन्द्रमा राखेर अघि बढ्ने योजनामा गाउँपालिका रहेको वारपाक सुलीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबास आलेमगरले जानकारी दिनुभयो ।

  • विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा

    काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन नेपालमा गरिने भएको छ । भारतको नयाँ दिल्लीमा सम्पन्न विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय भएको छ ।

    नेपालमा त्यस्तो सम्मेलन गर्दा पुस्तकालय सूचना विज्ञानको प्रगति र सांस्कृतिक सम्पदा प्रदर्शन गर्न मञ्च प्रदान गर्ने जनाइएको छ । सन् २०२५ को सम्मेलनमा ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको नेपाल पुस्तकालय सङ्घले जनाएको छ ।

    नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यका नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सम्मेलनमा नेपालका तर्फबाट नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदी र सञ्जीवकुमार चौधरीलगायतको सहभागिता रहेको थियो ।

  • सङ्घीय निजामति सेवा तहगत संरचनामा राख्ने सहमति

    काठमाडौँ, माघ १ फागुन २०८१ । प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामति सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको दफावार छलफलका क्रममा उक्त सहमति गरेको हो ।

    हाल निजामती सेवा श्रेणीगत संरचनामा रहेकोमा सङ्घीय निजामति विधेयकको दफा ६ मा निजामती सेवा चौधौँ तहसम्म रहने गरी व्यवस्था गरिएको छ । कार्य विवरण र कार्यसम्पादन सम्झौता तथा सुपरीवेक्षणका विषयमा विधेयकमा आएको प्रस्ताव र छलफलमा सांसदहरूबाट आएका धारणाका आधारमा परिमार्जनसहित निर्णयमा पुग्ने निर्णय गरिएको समिति सभापति रामहरि खतिवडाले बताउनुभयो ।

    सङ्घीय निजामति विधेयकलाई संसदको यही अधिवेशनभित्र पास गर्नेगरी समितिले दफावार छलफल चलाएको छ ।

    यसैगरी, समितिले समितिमा परेका उजुरीहरुबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ । समितिमा प्राप्त उजुरीहरुको अध्ययन गर्न नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरिएको जानकारी सभापति खतिवडाले दिनुभयो ।

    उहाँकाअनुसार उपसमितिमा पाण्डेसँगै राष्ट्रिय स्वतन्त्र वार्टीबाट डा. चन्दा कार्की, नेकपा (माओवादी केन्द्र) बाट दुर्गा राई, नेकपा (एमाले)बाट मेनुकाकुमारी पोख्रेल र नेपाली कांग्रेसबाट सरिता राई सदस्य रहनुभएको छ ।

    उपसमितिले समितिमा प्राप्त उजुरीहरुको आवश्यक छानबिन गरी समितिमा प्रतिवेदन बुझाउने र समितिले थप कारबाही प्रक्रिया अगाडि बढाउने सभापति खतिवडाको भनाइ छ ।

  • नयाँ शक्तिको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

    काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

    उनले प्रतिस्पर्धी नेत्र चपाईंलाई पराजित गर्दै अध्यक्ष पद हासिल गरेका हुन् । पार्टीकी नवनिर्वाचित उपाध्यक्ष मानुषी यमि भट्टराईले भट्टराईको विजयको जानकारी दिँइन् ।

    नेपाल प्रज्ञा प्रतिष्ठानस्थित सिद्धिचरण हलमा आयोजना हुने सो पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम हुनेछ। साथै, अध्यक्ष भट्टराईले विशेष सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ।

    आईतबारदेखि प्रज्ञा भवनमा सुरु भएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको हो। यसअघि महाधिवेशनको बन्द सत्रमा भट्टराईले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन अनुमोदन भएको थियो।

  • रासायनिक मल वितरण छिटो र पारदर्शी बनाउन प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ, बिहीबार, १ फागुन २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना ल्याउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

    मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउँदै किसानलाई सधैँ समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

    प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि उनले ध्यानाकर्षण गराए ।

    मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ । हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ । अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।

    प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमानरुपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे ।

    यस्तै आगामी २०८१ चैत २६ र २७ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्यरूपमा गर्नेबारे छलफल भएको छ । प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा. गोविन्द शर्मा र डा राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी बैठकमा कृषि लगानी दसक (२०८१-२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।

  • गोरखा काहुले भंगार लखन किल्लामा प्रथम शहीद लखन थापाको १४८ औं स्मृति दिवस मनाइदै

    गोरखा, बिहीबार, १ फागुन २०८१ । गोरखाको शहिद लखन गाउँपालिकाको आयोजनामा प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाउने भएको छ ।

    स्मृति दिवस फागुन २ गते शुक्रबार गाउँपालिकाको वडा नं. ७, काहुले भंगारको लखन किल्ला परिसरमा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ । साथै,अन्तर वडा दोस्रो शहीद लखन कप पुरुष भलिबल प्रतियोगिताको फाइनल खेल हुने छ ।

    पालिका भित्रका उत्कृष्ट कृषक पुरस्कार वितरण, शहीद तथा वेपत्ता परिवारहरु लाई सम्मानित् गरिनुका साथै विविध सांस्कृतिक झाँकी तथा बिभिन्न कार्यक्रमको आयोजना गरी प्रथम शहीद लखन थापा मगर तथा उनका सहयोद्धा जयसिंह चुमी राना मगरको १४८ औं स्मृति दिवस मनाइने पालिकाले जनाएको छ ।

    प्रथम शहीद लखन थापा मगर
    गोरखाको बुङ्कोटमा साधारण फौजी परिवारमा जन्मिएका लखन ‘पुरानो गोरख पल्टन’ का कुशल सैनिक थिए । परिस्थिति अनुसार सही कदम उठाउने खूबी भएकाले यिनी योग्य सैन्य अधिकारीमा गनिन्थे । तर‚ राणाहरूको एकाधिकार र पक्षपातले गर्दा यिनको उन्नयन भएन, पुर्खाहरूले झैं उच्च ओहोदा सम्हाल्न पाएनन् । त्यसपछि सैन्य सेवा त्यागेर राणाहरूको अराजकता र थिचोमिचो विरुद्ध जनस्तरबाटै लड्ने अठोट गरी आफ्ना विश्वासी मित्र जयसिंहसँगै बुङ्कोट फर्किए ।

    प्रमोदशमशेरका अनुसार‚ योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरङ्कुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन् ।

    गोरखाको समग्र इतिहासका जानकार दण्डपाणि अर्ज्याल (१९६३-२०४५)का अनुसार‚ श्री ५ सुरेन्द्रविक्रम शाहका समयमा जंगबहादुरले हुकुम लिएपछि गोरखाका भारदार राजनैतिक बौलाहा भए । जंगबहादुर गोरखा आउँदा गोरखालीहरू पस्लाङ चौतारामा जम्मा भई सभा गरी यिनको स्वागतै नगर्ने निधो गरेर बसे, स्वागत गरेनन् पनि । जंगबहादुर आएर कालिकाको दर्शन गर्न ढोका खोल्न आदेश गरे तर पाले, सुसारेले हुकुम छैन भने । कसको हुकुम छैन भनी जंगिन लाग्दा भगवतीको हुकुम छैन भनिदिंदा चुप लागे र ढोका खोल्न सकेनन् । …यसपछि गोरखादेखि चिढिएका हुँदा गोरखालीले जागिर नपाउने बनाइयो । वेख-विर्ता, माना-चामल हरण भए । उनका विश्वासीले मात्र जागिर पाए, यसरी गोरखाको नाकाबन्दी भयो र क्रमशः अवनति हुन लाग्यो। …

    विसं १९३२ सालमा युवराज त्रैलोक्यविक्रमका आठपहरिया लखन थापाको नेतृत्वमा गोरखालीले जंगबहादुर उपर विद्रोह शुरू गरे । हातहतियार, खजाना जोडिंदै थियो। लखन थापालाई पक्रिएर गोरखाबजार ठूलो आँगनमा झुण्ड्याई साविती गराई हातहतियारको भण्डार पत्ता लगाए । लखन थापालाई उनकै घर भाङ्राभञ्ज्याङ बुङ्कोटमा लगी झुण्ड्याएर मारियो । त्यस बापत गोरखालीलाई दिइएको बकसबाट गोरखकालीलाई १९३३ माघ सुदी ८ मा (लखन थापाकै स्मृतिमा) घण्टा चढाइयो (गोरखाको ऐतिहासिकता, ज्ञानविन्दु, वर्ष-१, अंक-१,२०६४:पृ.११-१२, दण्डपाणि अर्ज्याल स्मृति केन्द, काठमाडौं)। 

    त्यस वेलाको समाजमा रूढिवादी परम्परा र अन्धविश्वास व्याप्त थियो । दैवीशक्तिमा गहिरो आस्था राख्ने समाजलाई आकर्षित गर्न त्यही आस्थाको उपयोग गर्दै लखनले आफूलाई ‘प्राचीन कालका सिद्ध लखन थापाको अवतार’ बताउँदै ‘देवी मनकामनाले सपनामा जंगबहादुरलाई मारी त्यसको स्थानमा आफूलाई शासन गर्न अह्राएको’ प्रचार गरे। यसले प्रसिद्धि पायो। स्थानीयहरू बुङ्कोटमा भेला हुन थाले।

    धर्मका नाममा फैलाइएको उँचनीच र छुवाछूत जस्ता कुरीति हटाउन लखनले जोसमनी विचारधारा अघि सारे । यो विचारले न्याय र समानतामा आधारित नयाँ समाजको निर्माण गर्ने र परस्पर एकता कायम गर्न सघाउने हुँदा सर्वसाधारण यसप्रति आकर्षित हुँदै गए । त्यसपछि सन्तहरूको संगठन खोली लखनले विद्रोही गतिविधि चलाए । गाउँ गाउँमा शासकको कुकृत्य भण्डाफोर गर्दै हिंडे, आफूले सत्ययुग अर्थात् उदार व्यवस्था (प्रजातन्त्र) ल्याउने वाचा गरे। सबैलाई एकत्रित गरेर लडाकू सहितको किल्ला बनाई त्यसैको बलमा जंगबहादुरलाई चुनौती दिए । 

    आफ्ना विरोधीलाई सखाप पारी सर्वशक्तिमान् बनेका जंगबहादुर त्यसै गरी अरूले पाखा लगाउलान् भनेर सधैं चिन्तित रहन्थे । त्यसैले भारतभूमिमा उपनिवेश कायम गर्दै राज गरिरहेको विस्तारवादी, साम्राज्यवादी अंग्रेजलाई रिझाई आफ्नो अधिनायकवादी सत्तालाई जोगाइरहन चाहन्थे । अतः देशको स्वाभिमानमै खलल पुग्ने गरी यिनले आत्मसमर्पणवादी नीति अँगाले। देशको शत्रु अंग्रेजसामु जंगबहादुर नतमस्तक भएको देख्दा जनतामा असन्तोष फैलिएको थियो । सर्वसाधारणको यही भावना बुझी लखन शासक विरुद्ध कठोरतापूर्वक उभिए। ‘जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो’ भनेर आक्षेप लगाए । 

    बुङ्कोट विद्रोह अद्‌भुत प्रकृतिको थियो । जसले जंगबहादुर जस्ता तानाशाहलाई पनि भयभीत बनायो । प्रमोदशमशेरका अनुसार‚ ‘योभन्दा अगाडि कसैले औंलो ठड्याउने साहस गर्न सकेको थिएन । लखन थापाको नेतृत्वमा जनताले गोरखामा खुला विद्रोह गरी निरंकुश र अधिनायकवादी सरकारलाई ललकारेका हुन्।’ (राणाशासनको वृत्तान्त, २०७०: पृ.८९)। 

    विद्रोहलाई देवीदत्त पल्टन लगाएर निर्ममतापूर्वक दबाइयो। जंगबहादुरको शासन विरुद्ध १९३२-३३ सालमा जनस्तरबाट एकत्रित, संगठित भई सशस्त्र संघर्ष गर्ने क्रममा लखन थापा र उनका ६ जना समर्थकलाई तिनकै किल्लामा झुन्ड्याएर मारियो । 

    बुङ्कोटको यो ऐतिहासिक घटनाले आम समुदायमा शासकसामु लड्ने विद्रोही भावनाको विकास गरायो । शासकवर्गले जतिसुकै थिचोमिचो गरे पनि चूपचाप सहने जमानामा लखनले जनचेतना फैलाए । अन्याय, अत्याचार विरुद्ध जनस्तरबाट लड्ने माहोल बनाए । जन जनमा हिम्मत, हौसला र साहस जगाए। त्यही चेतनाको आलोकमा कैयौं विद्रोह र परिवर्तन भए । हामीले पाएको लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, न्याय, समानता र सुशासन लगायतका मुद्दालाई वर्तमान संविधानमा समेट्न यो विद्रोहले पनि प्रेरित गरेको हो। त्यसैले नेपालको प्रजातान्त्रिक आन्दोलनको प्रारम्भ बुङ्कोट विद्रोहबाटै भएकोमा कुनै शङ्का छैन । 

    विर योद्धा जयसिंह चुमी राना मगर

    राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र, लोकतन्त्र, मानव अधिकार तथा कानुनी राज्य स्थापना लगायत सबै खाले सामन्तवादका विरुद्धमा गरिएका हरेक आन्दोलनमा सहभागी हँुदै हाँसी हाँसी जीवनको वलिदान दिने ती महान् सहिद हुन्, जय सिंह चुमी राना मगर । उहाँको जन्म गोरखा जिल्ला शहिद लखन गाउँपालिका वडा नं. ७ साविक बुंकोट गाविस वडा नं ४, काहुले भंगारमा सामान्य चुमी परिवारमा भएको थियो । काहुलेमा जन्म भएको चुमी मगर र लखन थापा मगर घनिष्ट साथी थिए ।

    जयसिंह चुमीको सालिक निर्माण भएको विद्रोही किल्ला परिसर(काहुले भङगार) मा युद्ध किल्ला, जनसेनालाई युद्धकला सिकाउने परेड मैदान, मनकामना माईको थान, खानेपानी र जल व्यवस्थापनको लागि ढुङगे धारासहितको पानी पोखरी र विद्रोही मुख्यालय दरबार निर्माण गरिएको छ ।

    सेनामा रहँदा राणा शासकहरुले नेपाली जनतामाथि गरेको अन्याय, अत्याचार, थिचोमिचो र निरंकुशताको प्रत्यक्ष अनुभव गरेकाले उनीभित्र राणा शासन विरोधी भावनाको विकास हुन पुग्यो । जसको कारणले वि.स. १९२७ मा सेनाको जागिर छाडी उनी राणा शासन विरुद्ध जनविद्रोही अभियानमा सक्रिय भए । सोहि कारणले उनलाई राणा प्रधानमन्त्रीले जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ फागुन २ गते गोरखा जिल्ला अन्तरग बुङ्कोटको काहुलेभँगारमा निर्मित विद्रोही किल्ला परिसरभित्र खिर्राको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो ।

  • स्थानीय तहको संख्या ५०१ बनाउन प्रस्ताव

    काठमाडौँ, बुधबार, ३० माघ २०८१ । संघीय सांसद वासुदेव घिमिरेले स्थानीय तहको संख्या धेरै भएर आर्थिक स्रोत परिचालनमा समस्या भएकाले घटाउन प्रस्ताव गरेका छन् । आज (मंगलबार) संसदमा विशेष समयमा बोल्दै सांसद घिमिरेले अहिले भएका ७५३ पालिकालाई घटाएर ५०१ बनाउँदा वार्षिक ३० अर्ब जोगिने तथ्यांक पेश गरे ।

    संविधनले दिएको अधिकार र संघीयताको मर्मभित्र रहेर तत्काल त्यो प्रक्रिया अघि बढाउन उनले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । ‘नेपालको संघीय संरचनालाई थप प्रभावकारी र आर्थिक रुपमा व्यवहारिक बनाउन स्थानीय तहको पुनर्संरचना गर्न जरुरी छ । हालको अवस्थामा कुल ७५३ स्थानीय तह छन्, जसले राज्यलाई ठूलो आर्थिक भार परेको छ ।’

    उनले भने, ‘आगामी निर्वाचनमा कुल ५०१ स्थानीय तह कार्यान्वयन गर्नसके वार्षिक ३० अर्ब व्ययभार जोगिनसक्ने आंकलन मैले गरेको छु’, उनले भने, ‘प्रस्तावित संरचनाअनुसार महानगरपालिकाको संख्या १०, उपमहानगरपालिका १५, नगरपालिका २२५ र गाउँपालिका २५१ गरी कुल ५०१ वटाको संरचना निर्माण गर्न सकिए उपयुक्तअनुसारको रकम कटौती हुने स्पष्ट हुन्छ । हालको संघीय संरचनाभित्रै रहेर यो परिवर्तन सम्भव छ ।’

    सांसद घिमिरेले संविधानले स्थानीय तहहरुको संख्या पुनरवलोकन गर्न सकिने स्पष्ट प्रावधान गरेकाले सरकारले विधिसम्मत प्रक्रिया अघि बढाउन सक्ने बताए । सांसद घिमिरेले अहिले सदनमा पेश भएका अध्यादेशले सबै दलले निर्वाचनमा प्रतिबद्धता गरेका विषय छिटो टुंग्याउन अघि सारेकाले त्यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरे ।

  • स्वास्थ्य मन्त्रालयले फागुन महिनाभर नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्दै

    काठमाडौँ, बुधबार, ३० माघ २०८१ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नसर्ने रोग पहिचान गरी नागरिकमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी फागुनभरि नसर्ने रोगसम्बन्धी निःशुल्क परीक्षण गर्ने भएको छ । मन्त्रालयले फागुन १ गतेदेखि एक महिने निःशुल्क परीक्षण अभियान सञ्चालन गरी नसर्ने रोगको समयमा उपचार गर्नुपर्नेसम्बन्धी सचेतना अभिवृद्धि गर्ने जनाएको हो ।

    अभियानका क्रममा ३० वर्षमाथिका सबै नागरिकलाई स्थानीय स्वास्थ्य संस्थाहरूमा मधुमेह, उच्च रक्तचाप, मिर्गाैलासम्बन्धी रोगको परीक्षण गरिनुका साथै शरीरको उचाइ र तौलको अनुपात पहिचान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार देशभर एक करोड ४० लाख ९० हजार नागरिक ३० वर्षमाथिका छन् ।

    डा बुढाथोकीले भन्नुभयो, “स्थानीय तहसम्म रहेका स्वास्थ्य संस्थामा ३० वर्षमाथिका सबैलाई निःशुल्क परीक्षण गरिनेछ । सबै समयमा उपचार गर्नुपर्ने विषयमा आमनागरिकमा सचेतना अभिवृद्धि गराउने छौँ ।” स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले गत मङ्सिर १६ गते ‘नसर्ने रोगसम्बन्धी एक महिने अभियान सञ्चालन निर्देशिका’ स्वीकृत गर्नुभएको थियो ।

    त्यसैगरी फागुन महिनामा पाठेघरको मुखको क्यान्सरविरुद्धको स्क्रिनिङ अभियान सञ्चालन गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

  • गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनमा साझा सहमति

    पोखरा, बुधबार, ३० माघ २०८१ । लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच संघीय सरकारले अघि सारेको भरतपुर–बुटवल–पोखरा क्षेत्रलाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयनको पहलका लागि साझा सहमति गरेका छन् ।

    लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच पहिलोपटक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा आयोजना गरिएको संयुक्त बैठकमा संघीय सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अघि सारेको गण्डकी आर्थिक त्रिभुज परियोजना कार्यान्वयन गर्ने सहमति गरिएको हो ।

    सरकारले चालु आवको बजेट वक्तव्यमार्फत एकीकृत विकासको अवधारणाअनुसार नमूना विकास अभियान सञ्चालन गर्न भरतपुर–बुटवल–पोखरालाई तीनवटा कोणमा राखी गण्डकी आर्थिक त्रिभुज परियोजना सञ्चालन गरिने घोषणा गरेको थियो । परियोजनालाई सार्वजनिक निजी साझेदारीको नमुना परियोजनाका रुपमा विकास गरी कार्यान्वयन गर्न रु दुई अर्ब विनियोजन गरिएको बजेट वक्तव्यमा घोषणा गरिएको थियो ।

    परियोजनाअन्तर्गत नारायणगढ–बुटवल खण्डलाई हेभी उद्योगको केन्द्र, मुग्लिन–पोखरा खण्डलाई कृषि तथा खाद्य प्रशोधन उद्योगको केन्द्र र पोखरा–बुटवल खण्डलाई विद्युतीय उपकरण, जुत्ता, लत्ताकपडा, कार्पेट तथा घरायसी प्रयोगका वस्तु तथा सेवा सम्बद्ध उद्योगको केन्द्रका रुपमा विकास गरिने उल्लेख छ ।

    यस्तै परियोजना कार्यान्वयका लागि भरतपुर कोणमा पर्यापर्यटन सेवा, जलयात्रा र विशिष्टकृत स्वास्थ्य सेवा, पोखरा कोणमा साहसिक मनोविनोद पर्यापर्यटन सेवा तथा अनुसन्धानमूलक उच्चशिक्षा र बुटवल–भइरहवा कोणमा धार्मिक पर्यटन, डाटा सेन्टर तथा सूचना प्रविधिसम्बन्धी संस्था विकासका लागि निजी क्षेत्रको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण गरिने रहेको छ ।

    उक्त बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशस्तरीय समन्वय र सहकार्यलाई सुदृढ गर्दै प्रदेशको रणनीतिक विकासका लागि २१ बुँदे साझा प्रतिबद्धतामा हस्ताक्षर गर्नुभएको छ ।

    नेपालको संविधानको धारा ५६ अनुसार राज्यशक्तिको बाँडफाँट, सङ्घीय ढाँचाको शासकीय अभ्यास तथा तीन तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वको मर्मलाई आत्मसात् गर्दै लुम्बिनी र गण्डकी प्रदेश सरकारबीचको पहिलो ऐतिहासिक बैठक पाल्पाको ऐतिहासिक दरबार रानीमहलमा सम्पन्न भएको हो । उक्त बैठकमा दुवै प्रदेशका साझा सम्भावनालाई सम्बोधन गर्ने तथा प्रदेश सरकारलाई जनताको अझ नजिक पु¥याउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।

    साझा प्रतिबद्धताअनुसार दुवै प्रदेशबीच नेपालगञ्ज–जोमसोम र भैरहवा–जोमसोम हवाई सेवा विस्तार गर्न पहल गर्ने, लुम्बिनी–लोमान्थाङ (लुम्बिनी–मुक्तिनाथ) सिल्क रोड, लुम्बिनी–त्रिवेणी–दुम्किबास सडक, गैँडाकोट–कालीगण्डकी कोरिडोर, भीमगिठे–बुर्तिवाङ–गौमुखी–झिमुक सडकलगायतका अन्तरप्रदेशीय सडक सञ्जालको स्तरोन्नतिका लागि पहल गर्ने तथा बुटवल–पोखरा सिद्धार्थ राजमार्गलाई दुई लेनमा विस्तार गर्न सङ्घीय सरकारसँग अनुरोध गर्ने निर्णय गरिएको छ ।

    प्रादेशिक औद्योगिक क्षेत्र स्थापना गर्ने र स्थानीय उत्पादन तथा रोजगारी सिर्जना हुने गरी आगामी आर्थिक वर्षमा बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने विषयसमेत प्रतिबद्धतामा समेटिएको छ । कृषि तथा पशुपन्छीजन्य उत्पादनको बजारीकरण, गुणस्तर सुनिश्चितता तथा वितरण प्रणाली सुधार गर्न पोखरा र लुम्बिनीमा चिस्यान केन्द्रसहितको बिक्री कक्ष तथा खाद्य गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिने, कृषि तथा पशुजन्य उत्पादनलाई दुवै प्रदेशका मुख्य बजार केन्द्रहरुसम्म पु¥याउन बजार पूर्वाधार तयार गर्न संयुक्त सम्भाव्यता अध्ययन समिति गठन गरिने उल्लेख छ ।

    उत्तर–दक्षिण कालीगण्डकी कोरिडोरलाई आर्थिक कोरिडोरका रूपमा विकास गरी हिमाली तथा पहाडी जिल्लाका उत्पादनलाई तराई तथा सीमापार बजारसँग जोड्न दुवै प्रदेशले व्यवसाय, कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्नेछन् । होटल व्यवसाय सञ्चालनका लागि प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाइने, दुवै प्रदेशमा उत्पादन भएका कृषि उपज तथा वनजन्य जडीबुटीलाई मूल्य शृङ्खलासँग जोड्न प्रशोधन केन्द्र स्थापना गर्न निजी क्षेत्रसँग सहकार्य गरिने, साथै, सोका लागि आगामी आर्थिक वर्षदेखि दुवै प्रदेशबाट व्याज अनुदान दिने गरी कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    दुवै प्रदेशको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदामा आधारित पर्यटनको एकीकृत विकास गर्न साझा कार्यक्रम तयार गरिने, लुम्बिनी–पोखरा–मुक्तिनाथलाई मुख्य पर्यटन मार्गका रूपमा विकास गरी दुवै प्रदेशका पर्यटकीय गन्तव्यसम्म जोड्ने एकीकृत पर्यटन मार्ग निर्माण गर्न संयुक्त गुरुयोजना तयार गरिने, त्रिवेणी–देवघाट–रिडी रुरु क्षेत्र–मुक्तिनाथलाई धार्मिक तथा सांस्कृतिक क्षेत्रका रूपमा विकास गर्न संयुक्त कार्यक्रम सञ्चालन गरिने उल्लेख छ ।

    गोरखा–तनहुँ–स्याङ्जा–पाल्पा–गुल्मी–प्यूठान–रोल्पा मगर सांस्कृतिक पर्यटकीय पदमार्ग, लुम्बिनी प्रदेशमा थारू–अवध–नेवार तथा गण्डकी प्रदेशमा गुरुङ–थकाली–नेवार समुदाय विशेष पर्यटकीय पदमार्ग विस्तारका लागि एकीकृत कार्यक्रम बनाइने, लुम्बिनी प्रदेशको लुम्बिनीमा बुद्ध सर्किट (तिलौराकोट–लुम्बिनी–रामग्राम) को विकास गरी धार्मिक तथा स्वास्थ्य पर्यटन प्रवद्र्धन गरिनेछ भने गण्डकी प्रदेशका मनास्लु, अन्नपूर्ण र मुक्तिनाथ क्षेत्र तथा पोखरालाई साहसिक, धार्मिक तथा स्वास्थ्य पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न जोड दिने सहमति भएको ।

    लुम्बिनी प्रदेशका बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा गण्डकी प्रदेशका चितवन राष्ट्रिय निकुञ्ज, मनास्लु तथा अन्नपूर्ण संरक्षण क्षेत्र र दुवै प्रदेशमा पर्ने ढोरपाटन सिकार आरक्षलाई समेटी पर्यावरणीय तथा साहसिक पर्यटन सर्किटका रूपमा विकास गरिने उल्लेख छ ।

    दुवै प्रदेशमा रहेका उद्योगहरूको कार्यक्षेत्र विस्तार गर्दै बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्र र गण्डकी प्रदेशमा निर्माणाधीन लोकाहा खोला औद्योगिक क्षेत्रको उपयोग गर्न निजी क्षेत्रलाई सहजीकरण गरिने, खानी तथा खनिज उद्योगको स्थापना, सञ्चालन तथा विस्तार गर्न तथा प्राकृतिक स्रोतजन्य उत्पादनको बिक्री वितरण व्यवस्थित गर्न सेवा शुल्क तथा दस्तुरमा एकरुपता कायम गरिने उल्लेख छ ।

    औद्योगिक सुरक्षा, बजारीकरण र ढुवानीको सहजीकरणका लागि आवश्यक वातावरण तयार गरिने, दुवै प्रदेशलाई अधिकतम फाइदा हुने बहुउद्देश्यीय बृहत् जलस्रोत आयोजनाको निर्माण तथा सञ्चालन आपसी समझदारीका आधारमा गरिने उल्लेख छ ।

    प्रदेश कानुनअनुसार नदीजन्य पदार्थको उपयोगमा लगाइने करका सम्बन्धमा दुवै प्रदेशबीच एकरुपता कायम गरिने, सार्वजनिक सवारीको यात्रु भाडादर सम्भव भएसम्म एकरुप बनाइने तथा सडक दुर्घटना न्यूनीकरणका लागि सवारी गति नियन्त्रण, मादक पदार्थ सेवनको जाँच, चालक प्रशिक्षण, अनुगमन तथा निरीक्षणलगायतका कार्यक्रम संयुक्त रूपमा सञ्चालन गरिने उल्लेख छ । यस्तै रामपुर–चापाकोट एकीकृत सहरी विकास आयोजना कार्यान्वयनका लागि सङ्घीय सरकारलाई सिफारिस गरिने, पाल्पाको रानीमहल प्रवद्र्धन तथा संरक्षण गर्दै जलाशयसहितको पर्यटकीय पूर्वाधार विकास गर्न संयुक्त कार्य गरिने उल्लेख छ ।

    कालीगण्डकी जलविद्युत् आयोजनाको बाँध क्षेत्रदेखि रानीमहल हुँदै बग्ने तल्लो तटीय क्षेत्रमा पानीको बहाव तथा परिमाण बढाउन सम्बन्धित आयोजनामार्फत सङ्घीय सरकारलाई सिफारिस गरिने उल्लेख छ । दुवै प्रदेशबीच सहकार्य, समन्वय र साझेदारी प्रवद्र्धन गर्न समन्वयात्मक बैठकलाई निरन्तरता दिइने तथा आगामी बैठक गण्डकी प्रदेशले आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले अन्तरप्रदेश सहकार्य र समन्वयबाट धेरै काम गर्न सकिने बताउनुभयो । उहाँले आपसी समन्वय र सहकार्यबाट प्रभावकारी काम गर्न सकिने बताउनुभयो । यस्तै बैठकलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले अन्तरप्रदेश साझा सरोकारका विषयलाई सामूहिक रुपमा सम्बोधनका लागि पहल आवश्यक पर्ने बताउनुभयो । सडक पूर्वाधार, हवाई यातायात, सुरक्षा, कृषि, पर्यटनलगायत साझा सरोकारका विषयलाई प्राथमिकमा राखेर अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले सुनौली नाका हँुदै भित्रीने भारतीय पर्यटकलाई पोखरासम्म पु¥याउने बारेमा पनि साझा योजना आवश्यक पर्ने बताउनुभयो ।