Blog

  • नर्सिङ संघलाई नेपालभर विस्तार गर्ने प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूहको प्रतिबद्वता

    शनिबार, शनिबार, २२ मङ्सिर २०८१ । नर्सिङ संघलाई नेपालभर विस्तार गर्ने प्रा चन्द्रकला शर्मा संयुक्त प्रगतिशील समूहको प्रतिबद्वता रहेको छ । २०औं कार्यसमिति चयनका लागि आगामी मंसिर २८ गते हुन गइरहेको नेपाल नर्सिङ संघमा अध्यक्ष पदमा मैले संयुक्त प्रगतिशील समूहको तर्फबाट उम्मेदवारी दिएकी छु । अध्यक्षमा निर्वाचित भएपश्चात् विगतका कार्यसमितिले गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडि बढ्ने योजना रहेको प्रा चन्द्रकला शर्माले बताउनु भयो ।

    यस क्रममा समाधान हुन नसकेका समस्याहरुलाई सम्बोधन गर्न, पेसागत हक, अधिकार र मर्यादालाई व्यवस्थित गर्न, श्रमको उचित सम्मान गर्न र काम आधारमा पारिश्रमिकको सुनिश्चितता गर्न र सिंगो पेसालाई नै सम्मानित सेवा क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता गर्न चाहन्छु, उहाँले भन्नुभयो ।

    त्यसका साथै निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई समेत नेपाल सरकारले तोके बमोजिमको तलब र सुविधा दिनका लागि पैरवी गर्ने, महिला कार्यरत सबै संस्थाहरुमा स्तनपान कक्ष र शिशु स्याहार केन्द्र बनाउन पैरवी गर्ने, विद्यालय नर्स कार्यक्रममा सबै बिद्यालयमा दरबन्दी विस्तार, स्थायी दरबन्दीको व्यवस्था, सुत्केरी भएको २ वर्षसम्म तथा ५० वर्ष नाघेकाहरुलाई रात्रि सेवा नगराउने लगायतका प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    त्यस्तै विशिष्टीकृत योग्यता भएका नर्सहरुलाई योग्यता अनुसारको कार्य दिने, संघलाई नेपालभर विस्तार गर्ने, संघको सदस्य बन्नका लागि डिजिटल सेवा लगायतका २८ बुँदे प्रतिबद्धता सहित उहाँले अध्यक्षमा उम्मेदवारी दिएको बताउनु भयो ।

    को को छन् उम्मेद्धार ?

    प्राध्यापक चन्द्रकला शर्मा अध्यक्ष रहेको यो समूहमा बरिष्ठ उपाध्यक्षमा प्राध्यापक रमेश सुब्बा रहेका छन् । यस्तै उपाध्यक्षमा बबिता घिमिरे, महासचिव डा देवकाकुमारी आचार्य, सचिव बेली पौडेल र कोषाध्यक्षमा तुलसा देवी अधिकारी रहेका छन् ।

    सदस्यहरुमा खुल्ला तर्फ मेनुका पोखरेल, जनजाती तर्फ हरिप्रसाद कोजु, आदिवासीबाट कला बस्याल गुरुङ र दलित तर्फ कोपिला विश्वकर्माले उम्मेद्धारी दिएका छन् ।

    यस्तै पासपति जैयसवाल मधेशी, सवेनाज बेगम मुस्लिम, जानुका मोक्तान अनमी, शान्ति कुमारी विश्वकर्मा अनमी तर्फबाट सदस्यमा उम्मेद्धारी दिएका छन् । यस्तै नर्सिङ परिषद सदस्य तर्फ राधादेवी आचार्य, सुमिता पाठक र राजदेवी अधिकारीको उम्मेद्धारी परेको छ ।

    कुल १५ हजार ५४९ मतदाता रहेको संघको निर्वाचनका लागि २० वटा मतदान केन्द्र तय गरिएको छ ।

  • युनियनकाे वागी र प्रेस सेन्टरसहित ६ पत्रकार संगठनको साझा प्यानल घोषणा

    काठमाडौँ, शनिबार, २२ मङ्सिर २०८१ । यहि मङ्सिर २८ गते हुने निर्वाचनका लागि ६ पत्रकार संगठन र स्वतन्त्र पत्रकारहरुद्वारा समर्थित पत्रकारहरुको साझा प्यानल घोषणा भएको छ ।

    माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनसहित ६ संगठनले नेपाल प्रेस युनियनका बागी उम्मेदवार रमेश विष्टको नेतृत्वमा साझा प्यानल घोषणा गरेका हुन् ।

    नेपाल पत्रकार महासंघलाई पत्रकारहरुको मात्रै साझा संस्था बनाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको अधिकार, स्वरोजगारमूलक सञ्चारमाध्यमको हित, सूचनाको हक संरक्षण र पत्रकारिताको व्यवसायिक विकास गर्ने साझा प्रतिबद्धता पनि जनाएका छन् ।

    प्यानल उम्मेदवार

    रमेश विष्ट – अध्यक्ष

    रोशन पुरी – वरिष्ठ उपाध्यक्ष

    गंगा पौडेल (बराल) – महिला उपाध्यक्ष

    सुभाषप्रसाद साह – समावेशी उपाध्यक्ष

    लेखनाथ न्यौपाने – महासचिव

    उत्तरसिंह विष्ट – खुला सचिव

    श्रीजन झा – मधेशी सचिव

    सरिता बराइली – महिला

    वसन्त विक – सचिव दलित सचिव

    भीषण राई – आदिवासी जनजाती

    विकास कार्की – एसोसियट सचिव

    रामकृष्ण अधिकारी – कोषाध्यक्ष

    ध्रुव रावल – लेखा समिति संयोजक

    केन्द्रीय सदस्यहरु

    कोशी प्रदेश केन्द्रीय सदस्य – १. तीर्थ सिग्देल २. दीपेन्द्रकुमार राई
    मधेस प्रदेश केन्द्रीय सदस्य – १. राजु विश्वकर्मा २. सञ्जयकुमार राउत
    बागमती प्रदेश केन्द्रीय सदस्य (उपत्यकाबाहेक) – १. मणिराज गौतम २. मिनकुमार दाहाल
    गण्डकी प्रदेश केन्द्रीय सदस्य – १. दीपक भट्टराई
    लुम्बिनी प्रदेश केन्द्रीय सदस्य – १. यानेन्द्र जिसी २. सुमन अधिकारी
    कर्णाली प्रदेश केन्द्रीय सदस्य – १. देवीराम देवकोटा २. यज्ञराज थापा
    सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य – १. डिलबहादुर सिंह २. रामसिंह ठगुन्ना
    उपत्यका प्रदेश केन्द्रीय सदस्य – १. अर्जुन पन्त २. सूर्य सुवेदी

    प्रतिष्ठान प्रदेश केन्द्रीय सदस्य

    १. वीरेन्द्र ओली
    २. साहास भट्ट

    खुला केन्द्रीय सदस्य

    १. केशवबहादुर भुल
    २. दामोदर खनाल
    ३. लेखनाथ सिकारु खतिवडा
    ४. बुद्ध लोप्चन
    ५. रामकुमार श्रेष्ठ

    महिला

    १ (दलित) रीता बुढाथोकी – र्निविरोध
    २. (आदिवासी, जनजाति) – सरु राना
    ३. (मधेसी) मीनकुमारी यादव
    ४. (खस आर्य) दीया चन्द

    दलित केन्द्रीय सदस्य

    १. लक्ष्मण दर्नाल (पुरुष)
    २. (महिला) निर्विरोध

    आदिवासी जनजाति

    १. अर्जुनबहादुर तामाङ (पुरुष)
    २. (महिला) निर्विरोध

    मधेशी

    १. चन्द्रदेव कामती (पुरुष)
    २. ललिताकुमारी साह (महिला)

    अपाङ्गतातर्फ केन्द्रीय सदस्य

    १. अर्जुन काफ्ले

    अल्पसंख्यकतर्फ केन्द्रीय सदस्य

    बख्तियार अलि

    लेखा समिति सदस्य

    १. गणेश प्रसाद बन्जाडे (पुरुष)
    २. लक्ष्मी चौधरी (महिला)

  • सिमकोट गाउँपालिकाद्धारा पाँच महिला सामुदायिक स्वयमंसेविका सम्मानित

    हुम्ला, बिहिबार, २० मङ्सिर २०८१ । हुम्लामा रहेका स्थानीय तहले २१ औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस एक कार्यक्रम गरी मनाएका छन् ।

    विविध स्वास्थ्य क्रियाकलाहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागीता भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइएको छ । सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थामा एक वर्षमा उत्कृष्ट कार्यका साथै स्वास्थ्य प्रवर्धनका लागि अहोरात्र खटिने पाँच जना महिला स्वयंसेविका लाई सम्मन गरेको छ ।

    सम्मानीत हुनेमा वडा नम्बर दुई ठेहे स्वास्थ्यचौकीका बसन्ती बोहरा, वडा नम्बर ती बरगाउँ स्वास्थ्यचौकीका छिरिङकीत लामा, वडा नम्बर सात डाडाफया स्वास्थ्यचौकीका मनिषा शाही, वडा नम्बर आठ स्याडा स्याडा स्वास्थ्यचौकीका इसा रावल र वडा नम्बर ६ माथिल्लो गाउँमा रहेको आभारभूत केन्द्रबाट गौरी सुनारलाई सम्मानित गरिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । सिमकोट गाउँपालिकाले एक कार्यक्रम गरी उनीहरुलाई सम्मान पत्र वितरण गरेको जानकारी प्राप्त भएको छ ।

    यस्तै दक्षिण भेगमा ताँजकोट गाउँपालिकाले पनि एक कार्यक्रमको आयोजना गरी २१ औँ महिला सामुदायिक दिवस मनाएको गाँउँपालिका स्वास्थ्य संयोजक धनराज ढकालले बताउनुभयो ।

  • सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    सिरानचोकमा पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितागोरखा, बिहिबार, २० मङ्सिर २०८१ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुद क्षेत्रको विकास गण्डकी प्रदेश सरकारको प्राथामिकता भएको बताउनु भएको छ । गोरखाको सिरानचोक गाउँपालिकामा हिजोदेखि सुरुभएको पाँचौ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो वताउनु भएको हो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई खेलकुदको हवको रुपमा सकिने गर्न सकिने समेत वताउनुभयो ।

    ‘‘गण्डकी प्रदेशलाई खेल क्षेत्रको हवको रुपमा विकास गर्नका लागि भौतिक रुपमा होइन वातावरणीय हिसावमा पनि उत्तिकै राम्रो सम्भावना रहेको छ, उहाँले भन्नुभयो, ‘‘प्रदेश सरकारले त्यहीँ अनुरुप खेलको क्षेत्रको विकासलाई अघि बढाइरहेको छ ।’’ खेलकुद क्षेत्रको विकासका लागि आवश्यक बजेट बिनियोजन गरेर सरकारले काम गरिरहेको मुख्यमन्त्री पाण्डेको भनाई छ ।

    उहाँले उच्च तापक्रमदेखि न्युन तापक्रमसम्म रहेको भूगोल गण्डकी प्रदेश भित्र समेटिएकाले सवै जस्तोसुकै वातावरणमा पनि खेल्नसक्ने खेलाडीको उत्पादन गण्डकी प्रदेशले गर्नसक्ने बताउनुभयो । उहाँले पछिल्लो समय खेल क्षेत्रबाट खेलाडीले प्रसस्त नाम र दाम दुवै कमाउनसक्ने अवस्था भएकाले खेल क्षेत्रप्रतिको आर्कषण पनि बढ्दै गएको बताउनुभयो ।

    ‘‘हिजो खेलेर जीवन यापन गर्न सकिने अवस्था थिएन, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, अहिले राम्रो खेलाडी उत्पादन गर्नसके नाम दाम दुवै कमाउन पनि सहज भएको छ, खेलकुदमा गरिने लागनीले खेर जाने अवस्था छैन ।’’ उहाँले खेल क्षेत्रको विकासका लागि ‘एक पालिका, एक रङशाला’ निर्माण गर्नुपर्ने भन्दै त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।

  • प्रधानमन्त्रीद्वारा चिनियाँ सङ्ग्रहालयको अवलोकन

    बेइजिङ (चीन), बिहिबार, २० मङ्सिर २०८१ । चीनका प्रधानमन्त्री ली छयाङको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकन गर्नुभएको छ ।

    प्रधानमन्त्रीका साथ भ्रमण दलमा रहेका सदस्यहरूले पनि सो सङ्ग्रहालयको अवलोकन गर्नुभयो । चीनको जनवादी क्रान्तिदेखि आधुनिक चीनको विकास यात्रासम्मका विविध पक्षबारे सङ्ग्रहालयमा सामग्री हेर्न सकिन्छ । प्रधानमन्त्रीसहितको भ्रमण दल बिहीबार दिउँसो स्वदेश फर्कदैछ ।

  • हेपाटाइटिस बी र हैजाविरुद्धको खोप ल्याइने

    काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले राष्ट्रिय खोप कार्यक्रममार्फत हेपाटाइटिस बी र हैजाविरुद्धको खोप कार्यक्रम ल्याउने योजना रहेको बताउनुभएको छ ।

    इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्यसम्बन्धी बैठकलाई सम्बोधन गर्दै उहाँले नेपालमा हैजा र हेपाटाइटिसविरुद्धको खोप राष्ट्रिय खोप कार्यक्रममार्फत ल्याउन लागेको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

    मन्त्री पौडेलले, “हामी हैजाको खोप ल्याउनेबारे विमर्श गरिरहेका छौँ । नेपालले यसका लागि चाँडै गाभीसँग औपचारिक अनुरोध गर्ने छ ।” उहाँले नेपाल नयाँ सङ्घीय व्यवस्थामा स्वास्थ्यको जनशक्ति अभाव जस्ता समस्यासँग जुधिरहनु परेको उल्लेख गर्दै हाम्रो स्वास्थ्य क्षेत्र सुदृढीकरणमा वैदेशिक सहयोग खोजेको बताउनुभयो । नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।

    यसैबिच स्वास्थ्य मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको स्वास्थ्य परीक्षण गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने छ ।

    परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले फागुन महिनाभर देशैभर महिलामा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको जानकारी दिनुभयो ।

  • नाडा र सीसीपीआईटी अटोबीच सम्झौता

    काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र चीन काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड, अटोमोबाइल सब–काउन्सिल (सीसीपीआईटी अटो) बीच अटोमोबाइल क्षेत्रको व्यापार र सहकार्यलाई थप मजबुत बनाउन सम्झौता भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नाडा र सीसीपीआईटी अटोबीच महत्वपूर्ण सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीको मंसिर १७ गतेदेखि सुरु भएको औपचारिक चीन भ्रमणको क्रममा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा गएको व्यापारिक प्रतिनिधिमण्डलमा नाडाका अध्यक्ष करण चौधरी र महासचिव सुरेन्द्रकुमार उप्रेतीको उपस्थित रहेको छ । सो भ्रमणका सन्दर्भमा पूर्वनिर्धारित कार्यक्रम अनुसार दुई देशका व्यापारिक प्रतिनिधिमण्डलबीच विभिन्न विषयमा छलफल भएको र सोही क्रममा यस्तो सम्झौता भएको हो ।

    यो सम्झौताले नेपाल र चीन बीच आर्थिक सम्बन्धलाई सुदृढ गर्न, व्यापार प्रवर्द्धन गर्न र अटोमोबाइल उद्योगमा दिगो विकासका सम्भावनाहरू अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने नाडाको बिश्वास छ। समझदारीअनुसार व्यापार मेला, व्यावसायिक प्रतिनिधिमण्डलको आदानप्रदान र नीति वकालत जस्ता संयुक्त पहलमार्फत दुबै देशका अटोमोबाइल उद्योगका नयाँ सम्भावनाहरू खुलाउने लक्ष्य राखिएको नाडाले जनाएको छ ।

    सम्झौताअनुसार नाडाले नेपालका अटोमोबाइल क्षेत्रमा लगानीका सम्भावना पहिचान गर्ने, व्यापार मेलाहरू आयोजना गर्ने र नेपाली बजारमा रुची राख्ने चिनियाँ व्यवसायीलाई सहयोग गर्नेछ। यसैगरी सीसीपीआईटी अटोले नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने, प्रविधि आदानप्रदानलाई सहयोग गर्ने र संयुक्त कार्यक्रम सञ्चालनमा साथ दिनेछ ।

    यो साझेदारीको कार्यान्वयनको निगरानी गर्न संयुक्त कार्य समूह गठन गरिनेछ, जसले नियमित प्रगति समीक्षा गर्ने र आवश्यक सुधारका उपाय लिनेछ । दुवै पक्षले बौद्धिक सम्पत्तिको अधिकारको सम्मान गर्ने र सहकार्यका क्रममा गोपनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन । उक्त सम्झौता दुवै देशका अटोमोबाइल उद्योगलाई दिगो र समृद्ध बनाउँदै आर्थिक सहकार्यको नयाँ अध्याय सुरु गर्ने दिशामा ठोश कदम रहेको पनि नाडाले जनाएको छ ।

  • नेपाल-चीनबीच व्यापार तथा लगानी प्रवर्द्धनमा जोड

    काठमाडौँ, बिहिबार, २० मङ्सिर २०८१ । नेपाल-चीन बिजनेस समिटमा विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धतासहित नेपालमा चिनियाँलगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका लागि सरकार र निजी क्षेत्रले प्रतिबद्धता जनाएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्तरूपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिबद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको महासंघले जनाएको छ । द्विपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो ।

    उहाँले नेपालमा धेरै क्षेत्र अभैm पनि लगानीका लागि आकर्षक रहेको भन्दै लगानीका लागि आग्रह गर्नुभयो । दुई देशबीचको परम्परागत सम्बन्ध रहेको उल्लेख गर्दै देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोहीअनुसार व्यावसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधैँ तत्पर रहेको भन्दै महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा प्रशंसासमेत गर्नुभयो ।

    चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भए पनि दुई देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको उहाँले बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने पनि प्रधानमन्त्री ओलीले आवश्यकता आंैल्याउनुभयो । सिसिपिआइटीको मुख्यालय बेइजिङमा बुधबार आयोजित समिटलाई सम्बोधन गर्दै चिनियाँ वाणिज्य उपमन्त्री लिंग जीले दुई देशबीचको सम्बन्ध निकै पुरानो रहेको र आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो ।

    चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको उल्लेख गर्दै उहाँले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारवहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने पनि उहाँले बताउनुभयो ।

    चीन नेपालमा सबैभन्दा बढी लगानीको प्रतिबद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो । उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । त्यसैगरी उपमन्त्री लिंगले नेपालबाट बढीभन्दा बढी वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।

    महासंघका अनुसार यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेका थिए । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक वर्ष अवधिमा व्यावसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘महासंघको आग्रहमा सरकारले लगानीसम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, त्यसैगरी द्विपक्षीय लगानी सम्झौताको खाका पनि तयार भएको छ । पहिलोपटक नेपालको क्रेडिट रेटिङ भएको छ ।

    उक्त रेटिङ दक्षिण एसियामा भारतपछि सबैभन्दा राम्रो आएको छ, यसले लगानीकर्ता ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको छ ।’ अध्यक्ष ढकालले सीमा क्षेत्रको पूर्वाधारलगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जलविद्युत्, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधिलगायतका सेवा क्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै पछिल्लो समय पर्यटन पूर्वाधारहरू जस्तै केबलकार, थिम पार्क, रिसोर्टलगायतमा विदेशी लगानीको बढी सम्भावना देखिएको बताउनुभयो ।

    नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य रहेकाले नेपाललाई प्राथमिकतामा राख्न पनि चीन सरकारलाई आग्रह गर्नुभयो । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एकजना सदस्यका नाताले मुलुकभित्र व्यावसायिक वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता पनि अध्यक्ष ढकालले जनाउनुभयो । उहाँले महासंघमा रहेको एफडिआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिबद्धता पनि जनाउनुभयो । चीनले यही डिसेम्बर एकदेखि आफ्नो कूटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरूलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गर्नुभयो ।

    सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले महासंघ पुरानो साझेदार संस्था रहेको भन्दै समिट द्विपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो । महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि उहाँले जानकारी गराउनुभयो । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा चिनियाँ लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो ।

    महासंघको वैदेशिक लगानी एवं अन्तर्राष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत्, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँको भनाइ थियो । समिटमा एक सय २० जना चिनियाँ व्यवसायीको सहभागिता रहेको थियो । नेपालतर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्ससहित करिब ५० जना उद्यमी व्यवसायीको समिटमा सहभागिता थियो । समिटभन्दा पहिले बिजनेस टु बिजनेस बैठक पनि राखिएको थियो ।

  • पुल्चोकमा इम्बार्क कलेज सञ्चालन

    ललितपुर, बुधबार, १९ मङ्सिर २०८१ । नेपालको प्रतिष्ठित व्यावसायिक समूह गोल्छा ग्रुप र युवा, सीप तथा शिक्षाको विकासमा एक दशक देखिको अनुभव रहेको ग्लोकल प्रा.लि.को सहकार्यमा स्थापित इम्बार्क कलेजले औपचारिक रूपमा आफ्नो यात्रा सुरु गरेको छ ।

    ललितपुरको केन्द्र पुल्चोकमा अवस्थित यो कलेजले उद्यमशीलता, आधुनिक शिक्षा, र सीपमा आधारित शिक्षामा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य राखेको छ। यस कलेजले शिक्षा मन्त्रालयवाट मंसिर १३ गते स्वीकृति प्राप्त गरेको हो ।

    कलेजले विश्व बरियतामा शीर्ष १५% मा र्‍यांक भएको युनिभर्सिटी अफ रोह्याम्प्टन लन्डन (युके) सँगको शैक्षिक साझेदारीमा बिजनेस म्यानेजमेन्ट (बिएससी) (४ वर्ष) र एमबिए (२ वर्ष) जस्ता विषयहरु सञ्चालन गरेको छ। यी विषयहरुको भर्ना प्रक्रिया भने १४ मंसिरदेखि शुरु भइसकेको छ ।

    रोह्याम्पटन विश्वविद्यालयका उपकुलपति जेन नोयल इजिनगर्डले भने, “करियर केन्द्रित शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले इम्बार्क कलेजसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । यो साझेदारीले स्थानीय समुदायमा मेल खाने किसिमको उद्योग सुसूचित शिक्षण प्रदान गर्नेछ जसले सबै किसिमको पृष्ठभूमि भएका मानिसहरुका लागि नयाँ अवर प्रदान गर्नेछ ।”

    कलेजका अध्यक्ष शेखर गोल्छाले यस अवसरमा बोल्दै भने, “यो कलेज नेपालको वर्तमान अवस्थालाई मध्यनजर गर्र्दै भविष्यप्रति लक्षित गरिएको लगानी हो । उद्यमशीलता विकासमा केन्द्रित भएर हामी इम्बार्क कलेजलाई नेपालमा उद्यमशीलताको पावरहाउसको रूपमा स्थापित गर्नेछौं । ‘अन्टर्प्रन्योर्स बिल्ड नेशन’ भन्ने मूल नाराका साथ हामीले यस कलेजलाई अगाडि बढाउने लक्ष्य राखेका छौँ ।”

    त्यसैगरी ग्लोबलका अध्यक्ष तथा कलेजका कार्यकारी निर्देशक आशिष ठाकुरले पनि आफ्नो विचार व्यक्त गर्दै भने, “ ग्लोबल प्रा.लि. झैँ इम्बार्क कलेजको ध्यान युवाको सीप र शिक्षाको विकासमा केन्द्रित रहेको छ । यस कलेजको स्थापनाले शिक्षालाई उद्योग, उद्यमशीलता र समग्र समाजसँग जोड्ने दृष्टिको विकास गर्नेमा हामी ढुक्क रहेका छौँ । इम्बार्कले विशेष गरि एमबीएमा भर्ना हुने विद्यार्थीलाई इण्डष्ट्री कनेक्ट सहित प्लेसमेन्ट मोडालिटीमा लैजानेबारे विभिन्न इण्डष्ट्रीसँग सहकार्य गर्ने भएको छ। शिक्षा मन्त्रालयको निर्देशन अनुसार र विश्व वरियताको स्तरमा पनि उच्च मुल्याङ्कन भएको युनिभर्सिटीसँग संलग्नताले हामी गुणस्तरिय शिक्षामा विश्वस्त रहेका छौँ ।”

    उत्कृष्ट शिक्षाको अनुभव प्रदान गर्ने उद्देश्यले ललितपुरको सुविधा सम्पन्न स्थान पुल्चोकमा कलेज स्थापना गरिएको सञ्चालकहरुले बताएका छन् । प्रविधिमैत्री र विद्यार्थी–केन्द्रित पूर्वाधारका साथ शिक्षाको गुणस्तरलाई प्राथमिकतामा राखेर, शिक्षा मन्त्रालयले तोकेको १०% पूर्ण छात्रवृत्ति पनि प्रदान गर्ने र त्यसमा विश्वविद्यालय शुल्क समेत समावेश हुने पनि उल्लेख गरिएको छ ।

    उद्योगको आवश्यकता अनुसार व्यवहारिक र प्राविधिक शिक्षा प्रदान गर्दै विद्यार्थीहरुमा व्यवसायिक सोच र आत्मनिर्भरता विकास गर्ने उद्देश्यले कलेजले राखेको छ । व्यवहारिक ज्ञान र सीपलाई प्राथमिकतामा राखेर तयार पारिएको कलजको पाठ्यक्रमले विद्यार्थीलाई उद्यमशील संस्कारमा परिचित गराउने छ भन्ने कुरामा सञ्चालकहरु विश्वस्त रहेका छन् ।

    उक्त पाठ्यक्रमले विद्यार्थीहरुलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक परियोजनामा सहभागी गराउने उद्देश्य राखेको छ । क्लास डिस्कसन, प्रेजेन्टेसन र टिमवर्कले विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्ने विश्वास पनि गरिएको छ ।

    साथै, प्रगतिशील सुधारका लागि साप्ताहिक मूल्याङ्कन प्रणालीसमेत लागू गरिएको छ। त्यसैगरी समुदायसँगको सम्बन्ध बलियो बनाउन विद्यार्थीलाई सामाजिक जिम्मेवारीबारे सचेत बनाउँदै जीवन उपयोगी सीप विकासमा सहयोग पु¥याउने लक्ष्य पनि कलेजले लिएको छ ।

    इम्बार्क कलेजले शिक्षालाई उद्योग र समाजसँग जोड्ने दृष्टिकोणका साथ आफ्नो यात्रा सुरु गरेको छ । कलेजले सीपमा आधारित शिक्षाका माध्यमबाट विद्यार्थीलाई व्यावसायिक र व्यक्तिगत रूपमा सशक्त बनाउँदै नेपालको शैक्षिक परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएको छ ।

  • विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    बेइजिङ, बुधबार, १९ मङ्सिर २०८१ । नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य महासंघ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल टेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दुतावासले संयुक्त रुपमा आयोजना गरेको नेपाल चीन बिजनेस समिटमा नीतिगत र व्यवहारगत सुधार गर्ने प्रतिवद्धता जनाउँदै लगानी विस्तार र व्यापार सहजीकरणका लागि आग्रह गरिएको हो ।

    द्धिपक्षीय व्यापार प्रवद्र्धन, पर्यटन क्षेत्रको विकास र नेपालमा चिनिया लगानी आकर्षित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण सुधार हुँदै गइरहेको बताउनुभयो । उहाँले नेपालमा धेरै क्षेत्र अभै पनि लगानीका लागि आकर्षक रहेकोले लगानीका लागि आग्रह गर्नुभयो । नेपाल र चीनको परम्परागत सम्बन्ध रहेको बताउनुहुँदै दुई देशको आपसी सम्बन्धले आर्थिक विकास सम्भव भएको बताउनुभयो ।

    प्रधानमन्त्री ओलीले कुनै पनि मुलुकको सरकार र निजी क्षेत्रको सहकार्यलाई प्राथमिकता दिइएको र सोही अनुसार व्यवसायिक वातावरण बनाउँदै लगिएको बताउनुभयो । उहाँले निजी क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएको र स्वदेशी एवं विदेशी लगानीको संरक्षणमा सरकार सधै तत्पर रहेको बताउनुभयो । साथै उहाँले महासंघले लगानी, पर्यटन र निर्यात प्रवद्र्धनमा देश विदेशमा पहल गरिरहेकोमा महासंघको प्रसंशा पनि गर्नुभयो । चीन नेपालमा सबैभन्दा धेरै लगानी गर्ने मुलुक रहेको र व्यापारमा दोस्रो ठूलो मुलुक भएपनि दुइ देशबीचको व्यापार घाटा चिन्ताको विषय रहेको बताउनुभयो । नेपालका कृषिजन्य उत्पादनहरुको चीनमा बजार रहेकाले व्यापार सहजीकरणका लागि प्रयत्न गर्नुपर्ने बताउनुभयो ।

    सिसिपिआइटीको मुख्यालय बेइजिंगमा बुधबार आयोजित समिटलाइ सम्बोधन गर्दै चिनिया वाणिज्य उपमन्त्री लिंग जीले चीन र नेपालबीचको सम्बन्ध निकै पुरानो रहेको एवं आर्थिक गतिविधि पनि बढिरहेको बताउनुभयो । साथै नेपालमा चिनियाले लगानी बढाइरहेको र आगामी दिनमा पनि लगानी बिस्तार हुने बताउनुभयो । चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार रहेको बताउनुहुँदै उपमन्त्री जीले चीनको बाटो भएर अन्य मुलुकमा पनि व्यापार बढाउन पारबहन सहजीकरण गरिने बताउनुभयो । चीनले यही डिसेम्बरबाट अतिकम विकसित मुलुकका उत्पादनलाई दिएको भन्साररहित सुविधाले नेपाल लाभान्वित हुने बताउनुभयो ।

    चीन नेपालमा सबैभन्दा बढि लगानीको प्रतिवद्धता जनाउने मुलुक हो भने वास्तविक लगानीमा दोस्रो ठूलो मुलुक हो ।उहाँले नेपालमा पर्यटन र कृषि क्षेत्रमा सहकार्य गर्न चीन तयार रहेको बताउनुभयो । यसैगरी, उहाँले नेपालबाट बढिभन्दा बढि वायुसेवा कम्पनीलाई सेवा विस्तार गर्न प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । यो समिटको दोस्रो संस्करण हो । महासंघ र सिसिपिआइटीले २०२३ सेप्टेम्बरमा पनि यस्तै सम्मेलन आयोजना गरेको थियो । समिटमा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले यो एक बर्षको अवधिमा व्यवसायिक वातावरण बनाउन भएको पहलबारे जानकारी गराउनुभयो । महासंघको आग्रहमा सरकारले लगानी सम्बन्धी आठवटा कानुन संशोधन गरेको छ, सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भन्नुभयो, यसैगरी द्धिपक्षीय लागनी सम्झौताको खाका पनि तयार भएको छ ।

    यसैगरी, पहिलोपटक नेपालको क्रेडिट रेटिंग भएको र उक्त रेटिंग दक्षिण एसियामा भारत पछि सबैभन्दा राम्रो आएको जानकारी पनि गराउनुभयो । यसले लगानीकर्ताहरु ढुक्क भएर लगानी गर्ने वातावरण तयार भएको उहाँले बताउनुभयो । साथै उहाँले सीमा क्षेत्रको पुर्वाधार लगायतको स्तरोन्नति एवं भैरहवा र पोखरा विमानस्थलमा चीनबाट सिधा उडानका लागि दुवै देशका सरकार र निजी क्षेत्रले सक्रियतापूर्वक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा महासंघ अध्यक्ष ढकालले जलविद्युत, पर्यटन, उत्पादनमूलक क्षेत्र र सूचना प्रविधि लगायतका सेवा क्षेत्रमा प्रसस्त सम्भावना रहेको बताउनुभयो । पछिल्लो समय पर्यटन पूर्वाधारहरु जस्तै केवलकार, थिम पार्क, रिसोर्ट लगायतमा विदेशी लगानीको बढि सम्भावना देखिएको उहाँले बताउनुभयो ।

    नेपाल चिनिया पर्यटकका लागि आकर्षक गन्तव्य भएको बताउनुहुँदै अध्यक्ष ढकालले चीन सरकारले नेपाललाई प्राथमिकतामा राख्न पनि आग्रह गर्नुभयो । लगानीको वातावरण थप सुधार गर्न महासंघको आग्रहमा सरकारले उच्चस्तरिय आर्थिक क्षेत्र सुधार आयोग गठन गरेको र त्यसको एक जना सदस्यका नाताले मुलकभित्र व्यवसायिक वातावरण बनाउन पहल गर्ने प्रतिवद्धता पनि अध्यक्ष ढकालले जनाउनुभयो । उहाँले महासंघमा रहेको एफडीआई सहायता कक्षले निरन्तर लगानीकर्तालाई सघाउने प्रतिवद्धता पनि जनाउनुभयो ।चीनले यही डिसेम्बर एकदेखि आप्mनो कुटनीतिक सम्बन्ध भएका अतिकम विकसित देशहरुलाई दिने घोषणा गरेको भन्साररहित सुविधाको अध्यक्ष ढकालले स्वागत गर्नुभयो । सिसिपिआइटीका उपाध्यक्ष झांग साओगांगले महासंघ पुरानो साझेदार संस्था रहेको बताउदै समिट द्धिपक्षीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सिसिपिआइटीले नेपालमा लगानी बढाउन र नेपालका उत्पादन आयात गर्न सहयोग गर्ने बताउनुभयो । उहाँले महासंघ र सिसिपिआइटीको सहकार्यमा आगामी दिनमा आर्थिक साझेदारीका विविध कार्यक्रम सञ्चालन गरिने पनि जानकारी गराउनुभयो ।

    लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीले नेपालमा लगानीको सम्भावनाबारे बताउनुहुँदै नेपालमा चिनिया लगानी भित्र्याउन बोर्डले सहजीकरण गर्ने बताउनुभयो । महासंघको वैदेशिक लगानी एवं अन्तराष्ट्रिय सम्बन्ध फोरमका सभापति मनोज पौडेलले नेपालमा जलविद्युत, पर्यटन पूर्वाधार, उत्पादनमूलक क्षेत्र तथा सेवा क्षेत्रमा रहेका सम्भावनाबारे उल्लेख गर्नुभएको थियो । नेपालमा प्राकृतिक स्रोतसँगै युवा जनशक्ति पनि नेपालको तुलनात्मक लाभ रहेको उहाँले बताउनुभयो ।

    समिटमा १२० जना चिनिया व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपालका तर्पmबाट महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शसहित करिब ५० जना उद्यमी व्यवसायीले समिटमा सहभागिता रह्यो । समिटमा चीन सरकारका उच्च पदस्थ अधिकारी र प्रधानमन्त्रीको भ्रमण दलमा सहभागी नेपाली उच्च अधिकारीहरुको समेत सहभागिता थियो । उक्त समिटभन्दा पहिले बिजनेस टु बिजनेस वैठक पनि राखिएको थियो ।महासंघले पछिल्लो डेढ वर्षमा देशबाहिर आयोजना गरेको यो चौथो समिट हो । यस अघि बेइजिंग, नयाँ दिल्ली र दुवईमा महासंघका साझेदार संस्था सिसिपिआइटी, कन्फिडरेसन अफ इन्डियन इण्डष्ट्र्िर दुवई चेम्बर्ससँगको सहकार्यमा सम्मेलन आयोजना गरिएको थियो ।